एक करोडसम्मका विकास आयोजनामा डोजर चलाउन नपाइने

Advertisement

काठमाडौं । सरकारले एक करोडसम्मका विकास आयोजनामा डोजर प्रयोग गर्न रोक लगाएको छ । श्रम मन्त्रालयले परिपत्र जारी गर्दै सबै स्थानीय तहले एक करोडसम्मका आयोजनामा डोजर चलाउन नपाउने व्यवस्था गरेको हो ।

श्रम मन्त्री गोकर्ण विष्टले परिपत्र जारी गर्दै कुनै पनि स्थानीय तहले प्राविधिकले सिफारिस गरेका भन्दा अन्य अवस्थामा एक करोडसम्मका विकासका काममा डोजर लगाउन नपाउने व्यवस्था गरेका हुन् । अब कुनै पनि स्थानीय तहले एक करोडसम्मका विकास आयोजनामा डोजर लगाउने पाउने छैनन् ।

त्यस्तै, अब कुनै पनि स्थानीय तहमा सञ्चालन हुने विकास निर्माणका काममा प्रयोग हुने अदक्ष कामदारहरु सम्बन्धित स्थानीय तहका रोजगार सेवा केन्द्रबाट मात्रै लिनुपर्ने व्यवस्था समेत गरेको छ ।

Advertisement

Advertisement

Advertisement