राष्ट्र बैंकमा बम बहादुर मिश्रको फास्ट ग्रोथ, १७ वर्षमै बने कार्यकारी निर्देशक

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बम बहादुर मिश्र बढुवा भएका छन् । २०७६ जेठ २४ गते कामु कार्यकारी निर्देशक बनेका मिश्रलाई साउन २३ गते कार्यकारी निर्देशकमा बढुवा गरिएको हो । उनी छोटो समयमै राष्ट्र बैंकको कार्यकारी निर्देशक बन्ने भाग्यमानीहरुमा दर्ज भएका छन् ।

राष्ट्र बैंक प्रवेश गरेको १७ वर्षमै मिश्रले कार्यकारी निर्देशकको जिम्मेवारी पाएका हुन् । उनको यो सफलतालाई राष्ट्र बैंक भित्र फास्ट ग्रोथका रुपमा हेरिएको छ । उनले जापानको टोकियोस्थित नेशनल ग्राजुयट इन्स्टिच्युट फर पोलिसी स्टडीजबाट इकोनोमिक पोलिसीमा एमपीपी(मास्टर्स इन पक्लिक पोलिसी) गरेका छन् ।

राष्ट्र बैंकभित्र उनलाई विदेशी विनिमय, सुपरिवेक्षण र नियमनमा बिशेष दख्खल राख्ने व्यक्तिका रुपमा चिनिन्छ । तत्कालिन एनआईसी बैंक(हालको एनआईसी एसिया) र नविल बैंकमा समेत काम गरेको अनुभव बटुलिसकेका मिश्र अनुशासनमा बस्ने कर्मचारीका रुपमा परिचित छन् ।

Advertisement

Advertisement

Advertisement