नेपाली ईन्जिनियरलाई जापानको सफ्टवेयर क्षेत्रमा फेरी रोजगारीको अवसर

Advertisement

काठमाडौं । जापानी कम्पनी ह्युमन रिसोसियाले फेरी नेपाली ईन्जिनियरलाई जापानमा रोजगारीको अवसर दिने भएको छ । नेपाल ईन्जिनियरिङ कलेजका ४ विध्यार्थीहरुलाई सो कम्पनीले अघिल्लो वर्ष रोजगारी दिएको थियो । सो अवसर पाउनेहरुमा २०१५ ब्याचका कम्प्युटर ईन्जिनियर सुसन माडिकर्मी र सुबास निरौला, २०१५ ब्याचकै ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन ईन्जिनियर एडा रिजाल र २०१४ ब्याचका कम्प्युटर ईन्जिनियर ईसारा देसार हुन् ।

एडा रिजाल तिनै विध्यार्थी हुन् जसको टिमले अमेरिकामा भएको ईमेजिन कप ( २०१८ ) नामक विश्वब्यापी प्रतियोगिता जितेकी थिइन् ।

नेपाल ईन्जिनियरिङ कलेजमा हालै सो कम्पनीले लगातार दोश्रो वर्ष पनि जब फेयर गरेको छ । सो सो जब फेयरका संयोजक कम्प्युटर साईन्स तथा ईन्जिनियरिङ बिभागका प्रमुख ई. दिनेश डंगोलका अनुसार ३० विध्यार्थीहरुलाई सो कम्पनीले इन्टरभ्यू परीक्षा लिएको थियो ।

२००१, २०१२, २०१४ र २०१५ ब्याचका कम्प्युटर ईन्जिनियरिङ, ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन ईन्जिनियरिङ र ईलेक्ट्रिकल तथा ईलेक्ट्रोनिक्स ईन्जिनियरिङका विध्यार्थीहरुले इन्टरभ्यू परीक्षा दिएका थिए । परीक्षाबाट ७ विध्यार्थीहरुलाई छनौट गरिएको थियो। उनीहरुको स्कील परीक्षा नेपाल ईन्जिनियरिङ कलेजको आई.सि.टि. सेन्टरमा जापानबाटै अनलाईन लिइएको थियो । सो परीक्षाबाट अन्तमा ४ विध्यार्थीहरु छनौट गरिएको छ ।

यसरी छनौट हुनेहरुमा ईन्जिनियर भर्खरै सकाएका सञ्जय बम्जोन, करण कसौला, सन्दिप मल्ल र अन्तिम वर्ष पढ्दै गरेका विनय राज बिष्ट रहेका छन् । नेपाल ईन्जिनियरिङ कलेजले अघिल्लो वर्ष देखि २५५ सहुलियतमा कम्प्युटर ईन्जिनियरिङ र ५०५ सहुलियतमा ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन ईन्जिनियरिङ सञ्चालन गर्दै आएको छ । रोजगारी पाएका विध्यार्थीहरुले जापानको आइटी क्षेत्र र रोवोटिक्समा भएको विकासले आफुलाई आकर्षित गरेको बताएका छन्।

Advertisement

Advertisement

Advertisement