कुन लघुुवित्त संस्थाले कति कमाए ?

Advertisement

काठमाडौं । लघुवित संस्थाशरुले उच्चरुपमा खुद मुनाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका ९१ वटा संस्थाशरु मध्येमा हालसम्म ४१ वटा संस्थाले आर्थिक वर्ष २०७५/०६७ को अपरिष्र्कत वित्तीय विवरण सार्वजनिक गरेकोमा एकाध बाहेकका सबैजसो संस्थाशरुको नाफा उच्चरुपमा बढेको देखिएको हो ।

लघुुवित्त संस्थाशरु मध्ये सबैभन्दा पहिला वित्तीय विवरण सार्वजनिक गर्दे आएको फष्र्ट माइक्रोफाइनानस लद्युवित वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा १३ करोड ३२ लाख १६ हजार रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा सस्थाको यस्तो नाफा १० करोड १४ लाख ५२ हजार रुपियाँ रहेको थियो । गत आवमा पाँच अर्ब ५० करोड ७३ लाख ३७ हजार रुपियाँ कर्जा प्रवाह गरेको उक्त संस्थामा निष्क्रिय कर्जाको अनुपात शुन्य रहेको छ चौतारी लघुुवित्त वित्तिय संस्थाले पनि गत आवमा दूई करोड ८२ लाख २४ हजार रुपियाँ खुद मुनाफा आर्जन गरेको छ अघिल्लो आवमा चौतारीको यस्तो नाफा एक करोड तीन लाख १७ हजार रुपियाँ रहेको थियो । संस्थाले गत आवमा ४७ करोड २७ लाख ७९ हजार रुपियाँ निक्षेप संकलन गरी एक अर्ब ५६ करोड ३६ लाख ५० हजार रुपियाँ कर्जा प्रवाह गरेकोमा शुन्य दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

नेशनल माक्रोफइनान्स लघुवित वित्तीय संस्थाले पीन गत आवमा १३ करोड १४ लाख ५४ हजार रुपियाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा आठ करोड ५७ लाख ६३ हजार रुपियाँ रहेको थियो । संस्था आव २०७५/०७६ मा एक अर्ब २८ करोड ४० लाख ७७ हजार रुपियाँ निक्षेप संकलन गरी तीन अर्ब ६६ करोड ५४ लाख २३ हजार रुपियाँ कर्जा प्रवाह गर्दा एक दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

वोमी माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाले पनि आर्थिक बर्ष २०७५/ ०७६ मा छ करोड २७ लाख ५७ हजार रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । अदिल्लो आवमा सोही अवधिमा संस्थाको यस्तो मुनाफा चार करोड दुई लाख ६५ हजार रुपियाँ रहेको थियो । संस्थाले आव २०७५/०७६ मा ६१ करोड ९३ लाख ४७ हजार रुपियाँ निक्षेप संकलन गरी एक अर्ब ८४ करोड ६१ लाख ७२ हजार रुपियाँ कर्जा प्रवाह गर्दा शुन्य दशमलव कर्जा निष्क्रिय देखिएको छ । आर्थिक राष्ट्रिय दैनिकबाट



 

Advertisement

Advertisement

Advertisement