सवारी कारवाहीबाट ९१ लाख राजश्व सङ्कलन

Advertisement

पाल्पा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार आव २०७५/७६ मा कारवाहीमा परेका चालकबाट  ९१ लाख १९ हजार ५०० राजश्व सङ्कलन भएको छ ।

कारवाहीमा परेकामध्ये सबैभन्दा बढी ट्रक र मिनी ट्रकका चालक रहेका छन् । सो अवधिमा कारवाहीमा परेका चार हजार २६७ ट्रक र मिनी ट्रकबाट रु २५ लाख ७२ हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ ।

यसैगरी सो अवधिमा कारवाहीमा परेका तीन हजार १७७ बस र मिनी बसबाट रु १८ लाख ९२ हजार तीन हजार २१८ जीप कार भ्यान र माइक्रोबाट १८ लाख ८१ हजार एक हजार ५४७ ट्र्याक्टरबाट  नौ लाख २५ हजार २५ तथा दुई हजार ८३९ मोटरसाइकलबाट रु १८ लाख ४९ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक पृथ्वीनारायण काफ्लेले जानकारी दिए ।

आवश्यक कागजपत्र नबोक्ने ट्राफिक नियम उल्लङ्घन गर्ने र क्षमताभन्दा बढी यात्रु तथा सामान ओसारपसार गर्ने सवारी चालक कारवाहीमा परेको उहाँले बताए ।

उनले भने, ट्राफिक नियम आफ्नै लागि हो भन्ने जान्दाजान्दै पनि सर्वसाधारणले ट्राफिक नियम पालना गर्दैनन् । आव ०७४/७५ मा १२ हजार ८३० सवारी साधनको कारवाहीबाट रु ७९ लाख २५ हजार राजश्व सङ्कलन भएको थियो ।

सो अवधिमा कारवाहीमा परेका तीन हजार ७७० ट्रक र मिनी ट्रकबाट रु २२ लाख २३ हजार, दुई हजार ७१ बस र मिनीबसबाट रु १२ लाख ३७ हजार दुई हजार ६४८ जीप, कार, भ्यानबाट रु १५ लाख ९४ हजार ९९३ ट्र्याक्टरबाट रु पाँच लाख ६८ हजार ५०० तीन हजार ३३९ मोटरसाइकलबाट रु २१ लाख २२ हजार ५०० राजश्व सङ्कलन भएको थियो ।

ट्राफिक प्रहरी कार्यालय पाल्पाले बेलाबेलामा सरोकारवालासँग पुगेर ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि गरिरहेको छ । तर जिल्लामा सवारी साधन बढ्दै जानु र नियम मिचेर सवारी चलाउने गर्दा राजश्व बढ्दै गइरहेको पाइएको छ ।

Advertisement

Advertisement

Advertisement