सिभिल लघुवित्तको नाफामा ४५ प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । सिभिल लघुवित्तले आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ६३ लाख ८८ हजार रुपियाँ खुद नाफा गरेको छ। अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ करोड १२ लाख रुपियाँ कमाएको थियो । अघिल्लो आवको तुलनामा लघुवित्तको खुद नाफा ४५.३१ प्रतिशत अर्थात ५१ लाख रुपियाँले बढी हो।

यस्तै लघुवित्तको जगेडा कोषमा २ करोड १२ लाख रुपियाँ सञ्चित छ । अघिल्लो आवमा उसको जगेडाकोषमा जम्मा ५७ लाखको थियो । जसले निक्षेपमा २७ करोड १० लाख रुपियाँ संकलन गरेको छ । कर्जामा ७७ दशमलव ५६ प्रतिशतले वृद्धि गरी १ अर्ब २ करोड १५ लाख रुपियाँ लगानी गरेको छ । यस अवधिमा लघुवित्तले करिब ४० प्रतिशतले खुद ब्याज आम्दानी बढाएर ६ करोड ४६ लाख आर्जन गरेको छ ।

सिभिल लघुवित्तको खुद व्याज आम्दानी ३९ प्रतिशतले बढेर ६ करोड ४६ लाख रुपियाँ पुगेको छ भने संचालन मुनाफा ११ दशमलव ७६ प्रतिशतले बढेर १ करोड ९७ लाख रुपियाँ पुगेको छ । जसले प्रोभिजनमा १ करोड ५३ लाख रुपियाँ छुटाएको छ । भने खराब कर्जा ५९ लाख रुपियाँ उठाएको छ ।

असार मसान्तसम्ममा लघुवित्तले २७ करोड १० लाख निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाहरुबाट ६१ करोड ४८ लाख सापटी लिएर एक अर्ब २ करोड १५ लाख रुपियाँ बराबरको कर्जा प्रवाह गरेको छ। लघुवित्तको प्रतिसेयर नेटवर्थ ११८ रुपियाँ ६३ पैसा, निष्क्रिय कर्जा अनुपात १.३४ प्रतिशत र मूल्य आम्दानी अनुपात ३८.६५ गुणा छ।

Advertisement

Advertisement

Advertisement