पोखरा सडकका हाकिम ९ लाख घुससहित पक्राउ, घुस दिने ठेकेदार पनि अख्तियारको फन्दामा

Advertisement

काठमाडौं । डिभिजन सडक कार्यालयका हाकिम ९ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजनका प्रमुख हरि कुमार पोखरेल, इञ्‍जिनियर पवित्रमणी आचार्य र कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मालाई घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरुले पोखरा अन्तर्गत सडक स्तरोन्नतीका लागि सम्झौता भई काम सुरू गर्नका लागि पेश्की निकासा गरे बापत जीएसआर निर्माण सेवाका प्रोपाइटरसँग घुस मागेका थिए । सोही सूचनाका आधारमा खटिएको आयोगको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।
आयोगले घुस दिने जीएसआर निर्माण सेवाका प्रोपाइटर ऋषि गौतमलाई पनि पक्राउ गरेको छ ।

Advertisement

Advertisement

Advertisement