सामाखुसीको शिवाकोटी मेनपावरमा वैरो विभागको छापा, एक लाख १० हजार असुल्ने एजेन्ट रंगेहात पक्राउ

Advertisement

काठमाडौं । वैदेशिक रोजगार विभागले काठमाडौंको सामाखुसीस्थित शिवाकोटी मेनपावर कम्पनीमा छापा मारेको छ । विभागको टोलीले शिवाकोटी मेनपावरमा छापा मारेर वैदेशिक रोजगारीमा जान लागेका कामदारसँग एक लाख १० हजार रुपैंया असुल्दै गर्दा एजेन्टलाई पक्राउ गरेको हो ।

चार पटकको अपरेशनपछि अबैध असुली गर्नेहरुलाई रंगेहात पक्राउ पारेको विभागका महानिर्देशक डा. भिष्मकुमार भुषालले कर्पाेरेट नेपाललाई बताए । 'चार पटकको अथक प्रयासपछि अवैध असुलीमा संलग्नहरुलाई रंगेहात पक्राउ गर्न सफल भएका छौं, अरु केहिसँग पनि यसरी नै रकम असुलिएको जानकारी आएको छ, थप अनुसन्धान गर्छौं', विभागका महानिर्देशक डा. भुषालले भने ।

Advertisement

Advertisement

Advertisement