भारतीय ब्राण्डको ‘एम्प्लीफाई प्लस’ टिभी नेपाली बजारमा बिक्री सुरु

Advertisement

काठमाडौं । ईथ्री इलेक्ट्रोनिक्स प्रालिले भारतीय ब्राण्डको ‘एम्प्लीफाई प्लस’ टिभी नेपाली बजारमा भित्राएको छ । शुक्रबार एक कार्यक्रमबीच यस ब्राण्डका विभिन्न मोडलका टिभीहरु सार्वजनिक गरिएको हो ।

नेपाल राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लेले ‘एम्प्लीफाई प्लस’ टिभीको बिक्री शुभारम्भ गरे । न्यूनतम् १८ हजार ५९९ देखि अधिकतम् एक लाख १३ हजार ९९९ रुपियाँसम्मका यी टेलिभिजनहरुमा तीन बर्षको वारेन्टी सुविधा छ भने नर्मलदेखि एन्ड्रोइड भर्सनको स्मार्ट टिभीहरुसम्म रहेका छन् ।

कम्पनीले नजकिँदो दशैं–तिहारका लागि लक्षित गरी आफ्ना डिलरहरुलाई सुनौलो बर्षा योजनासमेत ल्याएको छ । यो योजनामा धेरै बिक्री गर्ने डिलरलाई १० देखि २५ ग्रामसम्म सुन उपहार प्रदान गरिने जनाइएको छ ।

ईथ्रीका सञ्चालकहरुले पूराना ब्राण्डका टिभीहरुको बजारलाई तोड्दै आफूहरुले ग्राहकलाई आकर्षक सुविधाहरु बजार विस्तार गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement