पौडी खेल्न गएका दुई युवाको डुबेर बेपत्ता भएपछि बालुवा निकाल्ने स्काभेटरमा आगजनी

Advertisement

धादिङ । पौडी खेल्न खोलमा गएका दुई युवा डुबेर बेपत्ता भएपछि स्थानीयले बालुवा निकाल्ने स्काभेटरमा आगजनी गरेका छन् । गजुरीको दरिगांल खोलामा नुहाउन गएका २२ वर्षीय सुमन स्याङ्तान र २१ वर्षीय भीम घलाङ डुबेर बेपत्ता भएपछि आक्रोसित स्थानीयले स्काभेटर लगाएका हुन् ।

खोलामा जथाभावी बालुवा गिट्टी उत्खनन् गरेका कारण युवाहरुको ज्यान भएको भन्दै उनीहरुले क्रसर उद्योगीहरुसँग आक्रोसित भएका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार स्थानीयले दुई वटा स्काभेटर जलाएका छन् । ठूलो संख्यामा आएका स्थानीयलाई प्रहरीले रोक्ने प्रयास गरे पनि विफल भएको थियो ।

पछिल्लो समयमा जथाभावी गिट्टी बालुवा उत्खनन गर्ने प्रवृत्ति मौलाएर गएको छ । जसका कारण ठूलठूला पोखरीहरुमा डुबेर मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

Advertisement

Advertisement

Advertisement