भोजपुरमा यात्रुबाहक बस दुर्घटना, १० घाइते एकको अवस्था गम्भीर

Advertisement

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नम्बरको बस भोजपुर नगरपालिकाको वडा नम्बर ३ र ४ को सिमानामा पर्ने चम्पिरे खोला नजिकै दुर्घटना भएको छ ।

आज विहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइतेमध्ये ७ जना अस्पतालमा भर्ना भएको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । गम्भीर घाइते हुनेमा झापाका सहचालक अर्जुन लिम्वु रहेको प्रहरीको भनाइ छ । लिम्वुको टाउकोलगायत विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइतेहरुमा भोजपुर नपा ३ बस्ने २२ वर्षीया संगीता प्रधान २४ वर्षीया मनिषा श्रेष्ठ १७ वर्षीया अस्मिता श्रेष्ठ ३१ वर्षीय गोविन्द प्रधान र सोही वडाका ११ वर्षीय बालक विवेक श्रेष्ठ रहेको प्रहरीको भनाइ छ ।

त्यस्तै इलाम घर भएका बसधनी ३५ वर्षीय अर्जुन लिम्वु, टेम्केमैयुङ गाउँपालिका ३ की ५५ वर्षीया गंगादेवी राई मोरङ घर भएकी २१ वर्षीया सविना गौतम भट्टराई र चालक इलाम घर भएका सन्तकुमार फागो सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घटना पश्चात चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

Advertisement

Advertisement

Advertisement