गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा मध्यराति आगजनी

Advertisement

दाङ । बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले प्रयोग गर्ने गाडीमा गएराित अज्ञात समूहले आगजनी गरेको छ । रा १ झ १५२ नम्बरको सो गाडीमा राति करिब पौने एक बजे आगजनी भएको हुनसक्ने अनुमान जिल्ला प्रहरी कार्यालय दाङले गरेको छ । आगजनीबाट अग्रभाग पूर्णरूपमा जलेर क्षति भएको छ ।

बङ्गलाचुली गाउँपालिका–५ मुर्कुटीको कार्यालय परिसरमा पार्किङ गरी राखिएको अवस्थामा अज्ञात समूहले गाडीमा आगजनी गरेको गाउँपालिका अध्यक्ष वलीले जानकारी दिए ।

सो घटना कसले र किन गराएको भन्ने खुल्न सकेको छैन । प्रहरीले भने प्रतिवन्धित पार्टी विप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने आशंका गरेको छ ।

Advertisement

Advertisement

Advertisement