भक्तपुरको ठिमीमा चारवटा बस ठोक्किए, १६ यात्रु घाइते

Advertisement

भक्तपुर । ठिमीमा आइतबार बिहान एउटा बसले अन्य तीनवटा बसलाई ठक्कर दिँदा १६ यात्रु घाइते भएका छन्।

प्रहरीका अनुसार काठमाडौंबाट सिन्धुली तर्फ जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बस आफैँ अनियन्त्रित भई सोही दिशातर्फ गइरहेका बा ३ ख ७०९३ बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नम्बरका बसलाई ठक्कर दिएको हो।

मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित आकाशेपुलमुनि बिहान साढे ६ बजेतिर भएको दुर्घटनामा १६ यात्रु घाइते भएका छन् ।घाइतेमध्ये १३ जनालाई नागरिक अस्पताल र ३ जनालाई मध्यपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

चारै बस महानगरीय ट्राफिक प्रहरी प्रभाग (गठ्ठाघर)को नियन्त्रणमा राखिएको छ भने ठक्कर दिने बसका चालक सिन्धुली गोलानचोर गाउँपालिका ६ घर भई हाल काठमाडौं ताहचल बस्ने ३० वर्षीय दीपकराज ठकुरीलाई महानगरीय प्रहरी वृत्त (ठिमी) ले नियन्त्रणमा लिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइहेको रहेको प्रहरीले जनाएको छ।

Advertisement

Advertisement

Advertisement