हिमाल दोलखाको बिक्री नभएको सेयर पुनः निष्काशन, अब कसले आवेदन दिन पाउँछ ?

Advertisement

काठमाडौं । हिमाल दोलखा हाईड्रोपावरले सर्वसाधारणलाई निष्काशन गरेको सेयरमा संस्थापक, सञ्चालक लगायतका लागि पुनः सार्वजनिक निष्काशन खुल्ला गरेको छ। कम्पनीले माग भन्दा कम (४३.२६ प्रतिशतका लागि मात्र) आवेदन परेपछि हाइड्रोपावरले पुनः सार्वजनिक निष्काशन खुल्ला गरेको हो ।

आईपिओ बिक्री नभएपछि हाइड्रोपावरले ४३ लाख ५३ हजार ५८० कित्ता सेयर संस्थापक, सञ्चालकका लागि बिक्री खुल्ला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि खुला गरेको सबै आइपीओ बिक्री नभएपछि संस्थापक सेयरधनी, सञ्चालक, प्रमुख कार्यकारी सहितलाई किन्ने अवसर दिएको हो । सर्वसाधारणले भर्ने म्याद भने अब सकिएको छ ।

हिमाल दोलखाले सर्वसाधारणका लागि ७४ लाख ९३ हजार ७६६ कित्ता आइपीओ खुला गरेकामा ३३ लाख १८ हजार ६३० कित्ताका लागि मात्र आवेदन परेको छ । यसर्थ, बाँकी रहेको कम्पनीका सञ्चालक तथा व्यवस्थापनका अधिकारीहरुलाई खुला गरिएको हो ।

निष्काशित शेयर साउन २६ गते आइतबार देखि साउन २८ गतेसम्म आवेदन खुल्ला हुने ग्लोबल आइएमई क्यापिटले बताएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमईका अनुसार संस्थापक र संचालकको एकाघर परिवारको भए नभएको यकिन गरेर मात्र आवेदन संकलन गर्नेछ।

हाइड्रोपावरले असार २५ गते देखि निष्काशन गरेको ७६ लाख ७२ हजार २१० कित्ता आईपिओ मध्येमा ३३ लाख १८ हजार ६३० कित्ता सेयरको लागि ७४ हजार ४४० वटा अवेदन परेको ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।

हिमाल दोलखा हाइड्रोपावरले इलाममा माई खोला स्मल हाइड्रोपावर र माई खोला स्मल क्यास्केड गरि दुई वटा आयोजना निर्माण गरिरहेको छ । जसमा माई खोला स्मल हाइड्रोपावरको क्षमता ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट रहेको छ ।

माई खोला स्मल हाइड्रोपावर प्रतिमेगावाट लागत १६ करोड ११ लाख ४४ लाख र कुल लागत ७२ करोड ५१ लाख ४९ लाख रूपियाँ रहेको छ भने माई खोला स्मल क्यास्केड हाइड्रोपावर को प्रतिमेगावट लागत १७ करोड ८० लाख ८७ हजार र कुल लागत एक अर्ब ४२ करोड रूपियाँ रहेको छ । दुबै आयोजनाबाट साधारण लगानी फिर्ता हुने ७ वर्ष र डिस्टकाउन्टमा लगानी फिर्ता हुने १७ वर्ष लाग्ने कम्पनीले जनाएको छ ।

माई खोला स्मल हाइड्रोपावरको विद्युत उत्पादन इजाजत २४ बर्ष र माई खोला स्मल क्यास्केड हाइड्रोपावरको विद्युत उत्पादन अनुमति ३० वर्ष बाँकी छ । हाल कम्पनीको चूक्ता पूँजी १ अर्ब ६९ करोड रूपियाँ छ । आइपिओपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४७ करोड पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement