पर्यटन मन्त्री योगेश भेट्टराईको आव्हानः  सामाजिक सञ्जाल मार्फत लोगोको प्रचार गरौं

Advertisement

काठमाडौं । पर्यटन मन्त्री योगेश भट्टराईले  आ आफ्नो सामाजिक सञ्जालबाट नेपाल भ्रमण वर्ष २०२० को लोगोको  प्रचार/प्रसार गर्न आव्हान गरेका छन् । आइतबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा मार्फत नेपाल भ्रमण वर्ष २०२० को लोगोको  प्रचार/प्रसार गर्न आव्हान गरेका गरेका हुन् ।

नेपाल भ्रमण वर्ष सन २०२० का संयोजक समेत रहेका मन्त्री भट्टराईले व्यवसायीक तथा समाजिक संघ संस्थाहरुलाई समेत नेपालीका आकर्षक पर्यटन गन्तव्यहरुको फोटो आ आफ्नो वेभ साइट तथा समाजिक सञ्जाल एकाउण्टमा पोष्ट गर्न भनेका छन् । उनले पर्यटन वर्षलाई सफल बनाउनु सबैको दायित्व भएको बताउँदै सहयोगका लागि याचना गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement