'इम्पायर स्टेट बिल्डिङ'भन्दा अग्लो आकाशीय उल्का पीण्ड पृथ्वी नजिकैबाट गयो

Advertisement

काठमाडौँ । आइफल टावरभन्दा अग्लो आकाशीय उल्का पीण्ड पृथ्वी नजिकैबाट शनिबार गुज्रिएको छ । दश हजार चार सय माइल (१६ हजार ७४० किलोमिटर) प्रतिघण्टाको दरले अन्तरिक्षमा भडकिएको उक्त पीण्ड पृथ्वी नजिकैबाट गएको अमेरिकी अन्तरिक्ष संस्था नाशाले जनाएको हो ।

२००६ क्यूक्यू२३ नाम दिइएको यो पीण्ड पृथ्वीमा खस्ने चिन्ता वैज्ञानिकहरुले गरेका थिए । उनीहरुले अमेरिकास्थित ५६९ मिटर अग्लो इम्पायर स्टेट बिल्डिङभन्दा अग्यो यो पीण्ड पृथ्वीमा खसेको भए लाखौं मानिसको ज्यान लिनेगरी विनाश गर्नसक्ने अनुमान गरेका छन् । यो मानव निर्मित आणविक बमभन्दा पाँचसय गुणा बढि विनाशकारी हुने अनुमान वैज्ञानिकहरुको थियो ।

पृथ्वीबाट ४६ लाख किलोमिटर परबाट मात्रै गएको २००६ क्यूक्यू२३ को व्यास १.८६० किलोमिटर रहेको थियो । सन् २००६ मै पहिचान भएको यो पीण्ड आफ्नो कक्षमा घुम्ने क्रममा पृथ्वी नजिकबाट गएको हो । पीण्ड पृथ्वी नजिक हुँदै गएपछि वैज्ञानिकहरुले पनि राहतको सास फेरेका छन् ।

नासका एक निर्देशकजिम ब्रिडेन्साटाइनका अनुसार यस्ता आकाशीय पीण्ड पृथ्वीमा खस्दा ठूलो प्रलय सिर्जना हुने भएकाले २००६ क्यूक्यू२३ का बारेमा पनि आफूले सचेत गराइएको थियो । यस्तै ठूलो खालको पीण्डकै कारण पृथ्वीमा प्रशय आई डायनोसर जस्ता जनावरहरु लोप भएको वैज्ञानिकहरुले बताउँदै आएका छन् । साना आलका उल्का पीण्डहरुलाई बीचमै विस्फोट गराएर रोक्न मानिसले प्रयास गर्नसक्ने भए पनि ठूला पीण्डहरु रोक्नसक्ने अवस्था छैन् ।

Advertisement

Advertisement

Advertisement