प्रोफेसनल मेक अप ट्रेनिङको लागि नेदरल्याण्डको मेक अप स्टुडियो अब काठमाडौंमा

Advertisement

काठमाडौं । केटीएम स्कुल अफ मेक अप स्टुडियोले काठमाडौंको अनामनगरमा मेक अप स्टुडियो प्रोफेसनल एम्स्टरड्यामको सहकार्यमा आफ्नो मेक अप स्कुलको सुरुवात गरेको छ । साउन ११ गते (२७जुलाई) बाट उक्त स्टुडियो संचालनमा हाएको हो ।

उक्त स्कुलको सफ्ट लन्चीङ गर्न तथा ब्राईडल मेकअप सम्बन्धि मास्टर क्लास दिनको लागि कलकत्ताबाट प्रशिद्ध मेक अप आर्टिस्ट नम्रता शर्मा आएकी थिईन् । उक्त मास्टर क्लास लिनका लागि देशका विभिन्न भागबाट ख्याति प्राप्त व्यूटिसियनहरु आउनु भएको थियो र ४ दिन प्रशिक्षणमा सहभागी थिए ।

केटीएम स्कुल अफ मेक अप जो नेदरल्यान्डको सहकार्यमा शुरु भएको छ अन्तर्राष्ट्रिय मेक अपमा आफ्नो करियर बनाउने जो कोहीले ट्रेनिङ लिन सक्ने र सम्पूर्ण प्रोडक्टहरु मेक अप स्टुडियो एम्स्टरड्यामको नै प्रयोग गरिने केटीएम स्कुल अफ मेक अपका निर्देशक मिना महतले बताएकी छिन् । यहाँ अन्तर्राष्ट्रिय स्तरको मेक अपको साथ साथ हेयर स्टाईलीङ सम्बन्धि पनि तालिमको व्यवस्था गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement