लघुवित्तसँग सम्बन्धित विषयक एक दिने सम्मेलन काठमाडौंमा सम्पन्न

Advertisement

काठमाडौं । लघुवित्त क्षेत्रमा विद्यमान चुनौती र अबको कार्यदिशा निर्धारण विषयक एक दिने सम्मेलन काठमाडौंमा सम्पन्न भयो । स्वावलम्बन विकास केन्द्रको आयोजनामा सम्पन्न सम्मेलनमा नेपालमा लघुवित्त क्षेत्रको बुझाई, गराई, भोगाई र सोचाई विषयमा सामूहिक छलफल भएको थियो ।

गोष्ठीमा लघुवित्त क्षेत्रका अग्रणी तथा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त कार्यक्रमलाई गतिशील राख्न यसको मूलमर्म सिद्धान्तबाट निर्देशित हुनुपर्नेमा जोड दिए । लघुवित्त क्षेत्रमा हाल देखा परेका विकृति र विचलनका कारण यस क्षेत्रको प्रतिष्ठामा नै आँचआउने संकेत देखिएको उनले बताए ।

लघुवित्तमा उद्यमशिलता विकास महत्वपूर्ण हुने भएकोले लघुवित्त संस्थाहरु ग्राहक सदस्यहरुलाई स्थानीयश्रोत र साधनको भरपूर प्रयोग गरी कसरी उद्यमशीलता विकास गर्ने भन्ने विषयमा केन्द्रीत हुनुपर्ने सहभागीहरुको भनाई थियो । स्वच्छल घुवित्त कार्यान्वयनका लागि सम्मेलनले एउटा कार्यदिशा तय गर्ने विश्वास गरिएको छ ।

लघुवित्तलाई सामाजिक व्यवसायको रुपमा नभई नाफामूलक दृष्टिकोणले हेर्ने प्रवृत्तिमा बढोत्तरी हुदै आएको कारण विभिन्न किसिमका विचलन देखा परेको र त्यस प्रकारका विचलनले विपन्न तथा न्यून आय भएको वर्गको आर्थिक सामाजिक विकासमा बाधा पुग्ने देखिएको छलफलमा उठेको थियो ।

सम्मेलनमा देशका सातै वटा प्रदेशबाट प्रतिनिधित्व हुनेगरी प्यानलछलफलगरिएको थियो । प्यानल छलफलमा सहभागीहरुले लघुवित्तलाई ग्राहकमूखि र उत्तरदायि बनाउन लघुवित्त संस्थाहरुले स्वयं अनुशासनलाई अनुसरणगर्नुपर्ने साथै नियामक निकायले लघुवित्तवित्तीय संस्थालाई आवश्यकता भन्दा बढी अनुमति दिने क्रमले गर्दा यसमा धेरै विकृतिहरु देखा परेको सहभागीहरुले बताएका छन् ।

गोष्ठीमा नेपालका लघुवित्त क्षेत्रका विज्ञलगायत केन्द्रमा आवद्ध ३९ वटा लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाका अध्यक्ष, संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरुको सहभागीता थियो ।

Advertisement

Advertisement

Advertisement