लुम्बिनी विकास कोषलाई लुम्बिनी विकास परिषद बनाउँदै पर्यटनमन्त्री

Advertisement

बुटवल । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनी विकास कोषलाई लुम्बिनी विकास परिषदमा रुपान्तरण गर्ने तयारी गरेका छन् । कोषको बैठकमा उनले परिषद्मा लैजान प्रस्ताव अघि सारेका हुन् ।

कोषको दायरा साँघुरो भएको भन्दै भट्टराईले दायरा फराकिलो बनाउन परिषद बनाउने प्रस्ताव अघि सारेका हुन् । २०४२ साल कोषको गठन भएको थियो । परिषद्मा रुपान्तरणसँगै संस्थामा स्थानीय सरकारदेखि बुद्ध धर्मसँग सम्वन्धित् संघसंस्था र साझेदारहरु पनि समेटिने छ । कोषमा पर्यटनमन्त्री अध्यक्ष हुने व्यवस्था छ ।

साथै भट्टराईले लुम्बिनीको विकासका लागि लुम्बिनी विकास वर्ष घोषणा गर्न सकिने भन्दै त्यसका लागि सरोकारवालाहरुसँग छलफल अघि बढाइने बताएका छन् । कोषले यसअघि बुद्ध धर्मसँग सम्वन्धित क्षेत्रलाई समेटेर बौद्ध परिपथ (सर्किट)को गुरुयोजना बनाइरहेको बेला मन्त्री भट्टराईले लुम्बिनी विकास बर्ष घोषणा गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement