गरिमा विकास बैंकको नाफा आधा अर्ब नाघ्यो, लाभांश १६ प्रतिशत

Advertisement

काठमाडौं । गरिमा विकास बैंकको नाफा आधा अर्ब नाघेको छ । बैंकले २०७४६ असार मसान्त अधवीमा ५९ करोड नाफा कमाएको छ । २०७५ असार मसान्तमा ४६ करोड नाफा आर्जन गरेको बैंकले यसपाली १३ करोडले वृद्धि गरेको हो । बैंकले आफ्नो नाफा २८.२६ प्रतिशतले बढाउन सफल भएको हो ।

बैंकको वितरण योग्य नाफा भने ४५ करोड रुपैंयाँ छ । बैंकले १६.१८ प्रतिशत बोनस वितरण गर्न सक्छ । २ अर्ब ७८ करोड चुक्ता पुँजी भएको गरिमा विकास बैंकको जगेडा कोषमा ४९ करोड रुपैंयाँ रहेको छ । गरिमाले २६ अर्ब निक्षेप संकलन गरेर २८ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो ७७.९१ प्रतिशत छ । आधार ब्याजदर ११.०९ रहेको बैंकको स्प्रेड दर ४.८१ प्रतिशत छ । प्रति सेयर आम्दानी २१.२४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३५.४६ रुपैंयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement