सुनचाँदीको मूल्य फेरी बढ्यो,  प्रतितोला एक हजारको वृद्धिले सुनको भाउ घट्ने छाँटकाट अझै देखिएन

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार प्रतितोला ७० हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज एक हजार रुपियाँले बढेर प्रतितोला ७१ हजार रुपियाँमा भएको हो ।

डलरको भाउ लगातार बढ्नाले सुनको मूल्यमा असर परेको सुनचाँदी व्यवसायी महासंघको भनाई छ । चीन र अमेरिकाको व्यापार युद्ध तथा कश्मिर काण्डले गर्दा सुनको मूल्य निरन्तर बढ्दै गएको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।

त्यसैगरी, महासंघले आज तेजावी सुनचाँदीको मूल्य प्रतितोलामा ७० हजार ७०० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८७० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ६१५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८३५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७१६ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement