लुम्बिनी विकास बैंकको नाफा ७१ प्रतिशले बढेर ५५ करोड

Advertisement

काठमाडौं । लुम्बिनी विकास बैंकको नाफा ७१.८७ प्रतिशतले बढेर ५५ करोड पुगेको छ । बैंकले २०७५ असार मसान्तको तुलनामा २०८६ असार मसान्त अवधीमा २३ करोडले नाफा वृद्धि गरेको हो । २०७५ असार मसान्तमा बैंकको नाफा जम्मा ३२ करोड रुपैंयाँ मात्रै थियो ।

बैंकको वितरण योग्य नाफा भने २८ करोड रुपैंयाँ छ । २ अर्ब २० करोड चुक्ता पुँजी भएको बैंकले १२.७२ प्रतिशत लाभांश दिन सक्छ ।
बैंकका जगेडा कोषमा १ अर्ब २१ करोड रुपैंयाँ रहेको छ । बैंकले २४ अर्ब निक्षेप संकलन गरेर २१ ऋर्ब कर्जा लगानी गर्दा सिडी रेसियो ७७.६१ प्रतिशतसम्म पुर्याएको छ ।

बैंकको कस्ट अफ फण्ड ८.६४ प्रतिशत छ भने आधार ब्याजदर ११.०२ प्रतिशत छ । बैंकको स्प्रेडदर भने ४.७९ प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement