विद्युत प्राधिकरण भन्छ– हाम्रो नाफा १४९ ले बढ्यो, चुहावट १५ प्रतिशतमा झर्यो

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्षमा सात अर्ब २० करोड रुपियाँ नाफा गरेको दावी गरेको छ । प्राधिकरणले आफ्नो नाफामा १४९ प्रतिशत वृद्धि गरेको दावी गरेको छ ।

तीन बर्षअघि विद्युत महशुलमा वृद्धि भएपछि प्राधिकरण नाफामा देखिन थालेको हो । यसअघि सरकारी अनुदानलाई समेत नाफामा देखाएको भन्दै प्राधिकरणको आलोचना भएको थियो । साथै प्राधिकरणले विद्युत चुहावट १५.३२ मा झारेको बताएको छ । अघिल्लो वर्षभन्दा ५.१३ अंकले कमी गरी चुहावटलाई उक्त प्रतिशतमा झार्न सफल भएको प्राधिकरणले जनाएको हो ।

गएको आर्थिक बर्षमा ३० अर्बभन्दा बढिको विद्युत आयात गरेको प्राधिकरणले गएको बर्ष सात अर्ब ५५ करोड युनिट बिजुली खपत भएको, यसमध्ये प्राधिकरणको ३४, निजी उत्पादकको २९ र भारतबाट ३७ प्रतिशत आयात भएको जनाएको छ । अहिलेसम्म ७८ अर्थात ४५ लाख नागरिकको घरमा बिजुली पुगेको छ ।

Advertisement

Advertisement

Advertisement