महालक्ष्मी लाईफको राष्ट्रिय अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सद्धारा चितवनको सौराहामा आयोजना गरिएको दुई दिने राष्ट्रिय अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । श्रावण २५ र २६ गते सम्पन्न उक्त कार्यक्रमको समुदघाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका हुन् ।

कम्पनीले तोकेको व्यवसायिक लक्ष्य पुरा गरेका देशभरिका ११५ जना अभिकर्ता र एजेन्सी मेनेजरहरुको सहभागिता रहेको उक्त सम्मान कार्यक्रममा व्यक्तिगत अभिकर्ता र एजेन्सी मेनेजरहरु मध्ये उत्कृष्ट १५/१५ जनालाई विशेष सम्मान गरिएको थियो । कार्यक्रमको दोस्रो दिन नेतृत्व विकास र व्यवसाय वृद्धि सम्बन्धि उत्प्रेरणात्मक तालिम ट्रेनर शोभा खरेलले प्रदान गरेका थिए।

२०७६ आषाढ मसान्त सम्ममा कम्पनीले ४७ वटा शाखा र उपशाखा र २५ करोड भन्दा वढी बीमा शुल्क संकलन गरेको छ । यो आर्थिक वर्ष भित्र कम्पनीले थप ५० वटा शाखा र उपशाखा खोली १ अर्व भन्दा वढी बीमा शुल्क संकलन गर्ने लक्ष्य राखेको छ । कम्पनीले छिट्टै प्रविधिमा आधारित टेबलेट इन्सुरेन्सको कार्यक्रम संचालन गर्न गईरहेको जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement