सहकारीको ऋण लिएर भाग्ने र संस्था डुवाउने प्रवृत्ति नियन्त्रण गर्न कर्जा सुचना प्रणालीः मन्त्री अर्याल

Advertisement

काठमाडौं । भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले सहकारी संस्थाहरुको नियमन र हितका कर्जा सुचना प्रणाली लागू गर्न लागिएको बताएकी छन् । स्वाबलम्बन विकास कोषको २८औं बार्षिकोत्सवमा उनले सहकारीको कर्जा सुरक्षा कोषसम्वन्धी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वन गरिने बताइन् ।

एउटा सहकारीबाट ऋण लिने, नतिर्ने, फेरि अर्को सहकारीको सदस्य हुने, ऋण लिने, नतिर्ने प्रवृत्ति मौलाउँदै गएको भन्दै उनले सहकारी भित्रको यस्तो बेथिति रोक्न कर्जा सुचनासम्वन्धी व्यवस्थालाई प्रभावकारी बनाउन लागिएको बताएकी हुन् । अर्यालले सहकारीको प्रभावकारी अनुगमन नहुँदा एकै व्यक्ति धेरै संस्थामा बस्ने, पैसा अपचलन गर्ने अनि भाग्ने, फेरि नयाँ ठाउँमा जाने अनि पुरानै धन्दा गर्ने बिकृति बढ्दै गएको भन्दै कर्जा सुरक्षा कोषलाई कडाईका साथ कार्यान्वयनमा लगिने बताइन् ।

उनका अनुसार अहिले बाणिज्य बैंक र विकास बैंकले निक्षेप संकलनको सूचना र कर्जा प्रवाहको सूचना लिने दिने गर्दै आएका छन्। बिगतमा सहकारी संस्थामा कर्जा सुरक्षा कोष र सूचना आदान प्रदान गर्ने ब्यबस्था लागू गर्ने भनिए पनि हुन सकेन् । अब त्यो कुरालाई प्रभावकारी रुपमा व्यवहारमा लागू गरिने छ ।

सरकारको गरिब लक्षित कार्यक्रम प्रभावकारी रुपमा अगाडी बढाउने बताउँदै अर्यालले बिगतमा गरिबको घरमा नपुगी कार्यालय र चौतारामा बसी गरिबको घर तोक्ने काम भएकोले सरकारको काम उपलब्धिहिन भएको बताइन ।

Advertisement

Advertisement

Advertisement