वडाध्यक्ष र वडा सदस्य नै घुस लिँदालिँदै पक्राउ

ghus_curruption

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका–८ का वडाध्यक्ष घुस लिँदालिँदै पक्राउ परेका छन् । उक्त वडाका वडाध्यक्ष रफिक साफीसहित तीन जनालाई घुस लिँदालिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

अख्तियार टोलीले वडाध्यक्ष साफी, वडा सदस्य कारी साह र उनको छोरा मुकेश साहलाई एक लाख ६० हजार रुपियाँ घुससहिच पक्राउ गरेको छ । जनकपुरको पीडारीचोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिइरहेको अवस्थामा वडा सदस्य कारी साहको छोरा मुकेशलाई पक्राउ गरेको हो भने साफी र कारी साहलाई उनीहरुकै घरबाट पक्राउ गरिएको अख्तियारको बर्दिबास कार्यालयले जनाएको हो ।

उनीहरुले सडक ढलानको बिल भुक्तानीका लागि समितिसँग उनीहरुले घुस मागेका थिए । घुस लिन कारीले छोरा मुकेशलाई पठाएका थिए । पक्राउ परेका सबैमाथि आवश्यक छानविन भइरहेको जनाइएको छ ।