आन्तरिक राजश्व विभागको सर्भरले सेवाग्राहीलाई सास्ति, प्यान लिन गएकाहरु गाली गर्दै फर्किए खाली हात

Advertisement

काठमाडौं । आन्तरिक राजश्व विभागको सर्भरमा समस्या उत्पन्न् भएपछि सैँयौं नागरिक प्यान भर्न लाइन बसेर पनि खाली हात घर फर्कन बाध्य भएका छन् ।  आन्तरिक राजश्व कार्यालय नयाँ सडकमा सर्भरले काम नगरेपछि सैयौंको संख्यामा सेवाग्राही खाली हात घर फर्कन बाध्य भएका हुन् ।

नयाँ बजारबाट प्यान नम्बर लिन नयाँ सडक कार्यालय सुन्धारा पुगेका गोमा राई, राममैया राई र रश्मी विकले खाली हात फर्कनु पर्दा आक्रोश पोखिरहेका थिए । ‘यो कस्तो सेवा हो, घण्टौ कुरेपपछि सर्भर डाउन भयो रे, प्रिन्टरले काम गरेन रे, यस्तो पनि हुन्छ’, रश्मी विकले भनिने ।
उनीहरुलाई कार्यालयका कर्मचारीले सर्भरले काम नगरेको, प्रिन्टर बिग्रिएको भनेर रित्तो हात फर्काइदिएका हुन् ।

‘हामी काम गर्ने मान्छे हौं, आधा दिन माया मारेर प्यान लिन आएका थियौं, अब भोली फेरी कसरी समय मिलाउने ?’, उनीहरुले आक्रोशित मुद्रामा भने । उता, आन्तरिक राजश्व विभागका प्रवक्ता यज्ञ ढुंगेलले भने विभागको सर्भरमा कुनै समस्या नभएको दावी गरे । ‘विभागको सर्भरमा कुनै समस्या छैन्, कार्यालय बिशेषमा केहि समस्या आएर एकाध घण्टा काम रोकिएको हुन सक्छ, हामी बुझौंला’, विभागका प्रवक्ता ढुंगेलले कर्पाेरेट नेपालसँग भने ।

कति थपिए प्यान ?
ढुंगेलका अनुसार जेठ महिना पछि व्यक्तिगत प्यान लिनेहरुको संख्या २ लाख थपिएको छ । सरकारले बजेट मार्फत सबै कम्पनीहरुले आफ्ना कर्मचारीलाई बैंकबाटै तलब दिनुपर्ने व्यवस्था गरेपछि २ लाख भन्दा बढी नागरिक व्यक्तिगत प्यानमा दर्ता भएका हुन् । जेठ १५ पछि २ लाख व्यक्तिगत प्यान र एक लाख संस्थागत प्यान दर्ता भएको पनि उनले बताए ।

अब व्यक्तिगत प्यान लिने नागरिकहरुको संख्या साढे ११ लाख पुगेको छ । जेठ १५ अघि ९ लाख २२ हजार नागरिकले व्यक्तिगत प्यान लिएका थिए ।

Advertisement

Advertisement

Advertisement