सनराइज बैंकले कमायो १७० करोड, सेयरधनीलाई १ अर्ब ११ करोड लाभांश

Advertisement

काठमाडौं । सनराइज बैंकको नाफा १ अर्ब ७० करोड पुगेको छ । बैंकले २०७६ असार मसान्त अवधीमा आफ्नो नाफा २३ करोडले वृद्धि गरेको हो । २०७५ असार मसान्तमा १ अर्ब ४७ करोड नाफा आर्जन गरेको बैंकले एक वर्षको अवधीमा १५.६४ प्रतिशतले नाफा वृद्धि गरेको देखिन्छ ।

बैंकको वितरण योग्य नाफा भने १ अर्ब ११ करोड रुपैंयाँ रहेको छ । ८ अर्ब १५ करोड रुपैंयाँ चुक्ता पुँजी रहेको बैंकले गत आवको नाफाबाट १३.६१ प्रतिशत लाभांश वितरण गर्न सक्छ । सनराइजको जगेडा कोषमा २ अर्ब ५८ करोड रुपैंयाँ रहेको छ । बैंकले ७५ अर्ब निक्षेप संकलन गरेर ६८ अर्ब कर्जा लगानी गर्दा सिडी रेसियो ७५.५७ प्रतिशत कायम गराउन सफल भएको छ ।

सनराइजको कस्ट अफ फण्ड ७.३३ प्रतिशत छ भने स्प्रेड दर ४.४४ प्रतिशत र आधार ब्याजदर १०.३२ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी २०.९४ रुपैंयाँ र प्रतिसेयर नेटवर्थ १५१.४७ रुपैंयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement