एनसीसी बैंकको नाफा १५२ करोड, १६.९७ प्रतिशत लाभांश

Advertisement

काठमाडौं । एनसीसी बैंकको नाफा १ अर्ब ५२ करोड पुगेको छ । बैंकले एक वर्षको अवधीमा आफ्नो नाफा १८ करोड अर्थात १३.४३ प्रतिशतले वृद्धि गरेको हो । बैंकले २०७५ असार मसान्तमा १ अर्ब ३४ करोड नाफा कमाएको थियो भने २०७६ असार मसान्तमा १ अर्ब ५२ करोड पुर्याउन सफल भएको हो ।

एनसीसीले यसपाली १६.९७ प्रतिशत लाभांश दिन सक्छ । ७ अर्ब १ करोड मात्रै चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ३ अर्ब ५९ करोड रुपैंयाँ रहेको छ । बैंकले ६७ अर्ब निक्षेप संकलन गरेर ६१ कर्जा लगानी गर्दा सिडी रेसियो भने ७३.८४ प्रतिशत कायम गराउन सफल भएको छ ।

एनसीसीको आधार ब्याजदर १०.२३ प्रतिशत छ भने स्प्रेडदर ४.७० प्रतिशत रहेको छ । कस्ट अफ फण्ड ७.४९ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी २३.५८ रुपैंयाँ छ भने प्रति सेयर आम्दानी १७८.३८ रुपैंयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement