मेगा बैंकको नाफा एक अर्ब ७१ करोड, ३० प्रतिशतभन्दा बढिले वृद्धि

Advertisement

काठमाडौं । मेगा बैंकले क्रमबद्ध प्रगति गर्दै आईरहेको देखिएको छ । गत आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमाससम्म आइपुग्दा एक अर्ब ७१ करोड ९२ लाख ६९ हजार रुपियाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले एक अर्ब ३१ करोड ७३ लाख ५१ हजार रुपियाँ खुद नाफा कमाएको थियो । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३०.५० प्रतिशतले बढी हो ।

असार मसान्त २०७५ को तुलनामा २०७६ आषाढ मसान्तमा बैंकको कूल निक्षेप १८ अर्ब ८९ करोडले वृद्धि भई ८१ अर्ब ८६ करोड रुपियाँ पुगेको छ ।

त्यसैगरी, खुद कर्जा तथा सापटी १५ अर्ब ४८ करोडले वृद्धि भई ७२ अर्ब ७४ करोड रुपियाँ कायम भएको छ जुन २७.०३ प्रतिशतको वृद्धि हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ५९.९१ प्रतिशतले बढेर ३ अर्ब ७९ करोड ५६ लाख ७६ हजार रुपियाँ पुगेको छ ।

साथै, सञ्चालन नाफा ४४.०९ प्रतिशतले बढेर २ अर्ब ४६ करोड ७१ लाख ४६ हजार रुपियाँ पुगेको छ । ब्याज आम्दानी र सञ्चालन नाफा दुबै बढेकाले खुद नाफा पनि बढेको हो ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौंथो त्रैमासको वित्तीय विवरण हेर्दा निस्क्रिय कर्जा अनुपात झिनो रुपमा बढेको देखिएको छ तर खराब कर्जा वापतको रकम भने १५० प्रतिशतले बढाएर ३० करोड पुर्याईएको छ ।

मेगाको प्रतिसेयर आम्दानी भने १ रुपियाँ ४६ पैसाले घटेर १६ रुपियाँ ५५ पैसामा आएको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३० रुपियाँ ९३ पैसा रहेको छ ।

Advertisement

Advertisement

Advertisement