सामसुङका दुई स्मार्टफोनहरु सार्वजनिक, यस्ता छन् फिचर्स र मूल्य

Advertisement

काठमाडौं । दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले आफ्नो नोट फ्ल्यागसिपमा नयाँ मोडल ल्याएको छ। विश्वबजारमा एकैपटक अगष्ट २३ देखि उपलब्ध हुने नोट टेनको बुकिङ नेपालमा पनि खुलेको छ। सामसङले नेपालबाटै बुकिङ गर्न सकिने जानकारी दिएको छ।

कम्पनीका अनुसार अनलाइन तथा सामसङको स्टोरबाट फोनको बुकिङ गर्न सकिने छ। नोट टेन र टेन प्लस गरी दुई भेरियन्टका स्मार्टफोन खरिद गर्नका लागि बुकिङ गर्न सकिने छ ।

यस्ता छन् मूल्य र विशेषता

नोटटेनमा ६.४ इन्चको डिस्प्ले छ। पुरै मोबाइलको ९० प्रतिशत स्क्रिन भएको यो फोनको स्क्रिन रेजुलेसन भने २२८०८१०८० पिक्सेल रहेको छ। एन्ड्रोयडको नाइन पाइ रहेको यसमा सामसङकै युआइ अनटप पनि हुने छ। स्न्यापड्रयागन ८५५ चिपसेट भएको यो फोनको स्टोरेज भने २५६ जिबी छ। यसको र्‍याम भने १० जिबी रहेको छ। यसमा क्षमता बढाउने बिकल्प छैन।

३५०० एमएएचको ब्याट्री क्षमता भएको यसमा एकदिन निरन्तर चलाउँदा पनि काम गर्ने कम्पनीको दाबी छ।

तीनवटा क्यामेरा भएको यो स्मार्टफोनमा प्राइमेरी १२ टेलीफोटो १२ र अल्ट्रावाइड एंगलका लागि १६ मेगापिक्सेलको लेन्स रहेको छ। सेल्फी खिच्ने फ्रन्ट क्यामेरा भने १० मेगापिक्सेलको छ।

यसको नेपाली बजारमा १ लाख १६ हजार मूल्य रहेको छ

टेन प्लस



टेन प्लसलाई ल्यापटप बिर्साउने स्मार्टफोन दाबी गरिएको छ। यसमा भएको स्टोरेज क्षमता र विस्तार गर्न मिल्ने बिकल्पका कारण यसलाई ल्यापटप बिर्साउने स्मार्टफोनका रुपमा चर्चा गरिएको छ।

६.८ इन्चको डिस्प्ले भएको यो फोनको ब्याट्री क्षमता पनि ४३०० एमएएच रहेको छ । १२ जिबी र्‍याम भएको यो स्मार्टफोन २५६ र ५१२ जिबी स्टोरेज भेरियन्ट रहेको छ। यसमा एसडी कार्ड राखेर स्टोरेज बढाउन मिल्ने बिकल्प कम्पनीले दिएको छ।

नोटटेनमा १६ मेगापिक्सेलको अल्ट्रा वाइड सिनका लागि क्यामेरा छ। त्यस्तै वाइड एंगलका लागि १२ र टेलीफोटोका लागि पनि १२ मेगापिक्सेलकै क्यामेरा छ। यी फोनमा अगाडीको क्यामेरा भने १० मेगापिक्सेलको छ। तर टेन प्लसका लागि भने फोटाका लागि केही थप सुविधा छन्। जसमा एआर भिडियो तथा ड्रइङका लागि चौथो क्यमेरा रहेको छ।

यसको नेपाली बजारमा शुरुवाति मूल्य १ लाख ३५ हजार रहेको छ।

Advertisement

Advertisement

Advertisement