मेरै लाइनमा आईपुगेकाले प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद

Advertisement

काठमाडौं । सोसल मिडियामा लामा लामा लिंकहरू शेयर गर्दा धेरैले खोल्दैनन् र पढ्दैनन् पनि । छोटो सारांश र मजबून लेखेर सन्दर्भ उल्लेखसम्म गर्दा राम्रो हुन्छ । बरू टेक्स्टलाई सीधै कपि पेष्ट गरेर पोष्ट गरे धेरैले पढ्छन् । त्यस्तै भिडियो लिंक पनि हुन्छ, त्यसमा उल्लेखित ट्रान्सक्रिप्ट समेत उल्लेख गरिएमा हेर्न उत्प्रेरित गर्न सक्छ, नेटको उपलव्धता र समयका कारण भिडियो हेरेर बस्न समय नहुन सक्छ। तर टेक्स्ट लेखियो भने चॉडै पढ्न सकिन्छ र फुर्सदमा भिडियो हेर्न मन पनि लाग्न सक्छ । भरमार लिंकहरू सेयर गर्नु खासै उपलव्धिपूर्ण हुने गरेको मैले महसुस गरेको छैन ।

कतिले सोसल मिडियामा गायत्री मन्त्रलाई गीतमा गाईएको लिंक सेयर गरेर यो सुन्नुस् भन्दै प्रचार गरिरहेको पाईन्छ । मन्त्र गीत हैन, यसलाई सही आवाज निकालेर, खास मुद्रा र आसनमा बसेर, खास स्थानमा बसेर, छन्द मिलाएर मन्त्रोच्चारण गर्ने कुरा हो । मन्त्रमा भएका शव्दको अर्थ जानिराख्नु पनि पर्दैन, जानेर नजानेर पनि केही फरक हुदैन। तर मन्त्रोच्चारणले सिर्जना गर्ने आवाज र भाईब्रेसनले शरीर, मन र आन्तरिक उर्जा प्रणालीलाई सक्रिय बनाउने हो ।
गायत्री मन्त्र सबैभन्दा पावरफुल मन्त्र मानिन्छ र यो गायत्री छन्दमा भएकोले गायत्री मन्त्र भनिएको पनि हो। यसलाई गायत्री छन्द शैलीमैं उच्चारण गर्नुपर्छ , यसरी उत्सर्जन हुने आवाज र भाईब्रेसनले हो हामीलाई लाभ हुने ।

मलाई खुशी लाग्छ जब म कुनै स्टेटस लेख्छु, कहिले काही हतारले, कहिले काही सही सूचनास्रोत वा गलत बुझाईले वा टाईपिंग त्रुटीपुर्ण हुनाले वा गलत उद्दरण गर्नाले हुने त्रुटी वा मोबाईलमा टाईपगर्दा हुने अप्ठ्याराले वा गलत सूचनालाई पाठक मित्रहरूले तुरून्तै औलाईदिनुहुन्छ र त्यसको जानकारी पाउना साथ रिकन्फर्म गरेर म पनि तुरून्तै ईडिट पनि गरिहाल्छु। अझ बढी रमाईलो त्यति बेला हुन्छ जति बेला मलाई महसुस भैसकेको हुन्छ कि केही त्रुटी भैसकेको छ तर सच्याउन थाल्नु अघिनै तुरून्तै मित्रहरूले गल्ति औल्याई सकेको कमेन्टहरू पढ्न पाउछु । सोसल मिडियाको सौन्दर्य यही हो, सच्चिनु र सच्याउनु । त्रुटी औल्याई दिनेहरू जहिले पनि असल मित्र नै हुन् । भलै कसै कसैले त्रुटीपूर्ण लेखाई देखेर लेखकलाई नै होच्याउने, बदख्वाई गर्ने शैलीमा कमेन्ट लेख्छन्, त्यो कमेन्टकर्ताको कमजोरी हो भनेर म चित्त पनि दुखाउदिन ।
जसले जुन शैलीमा भए पनि त्रुटी औल्याईरहनु भएर मलाई लेखन सपार्न र अझ शुद्धिकरण गर्न मद्दत गरिरहनु भएको छ सबैलाई धन्यवाद दिईरहन्छु।

सोसल मिडियामा जुनबेला पनि जहिले पनि अटूट घृणा र विष बमन गर्ने केही प्रयोगकर्ताहरू जहिले पनि हुन्छन्, चिनेका नचिनेका । चिनेकाहरूलाई त के गर्नु र । साथीको सूचिबाट हटाउने वा बढी भए ब्लक गर्ने सम्म हो, तर नचिनेकाहरूलाई बरू कहिल्यै चिन्नै नपरोस् भनेर मैले ब्लक गरिदिने गरेको छु । यस्तो गर्नु कुनै घृणा वा रिस वा आलोचना वा विषबमन गरिरह्यो भनेर मात्र हैन कि, त्यस्ताको संगतले मनमा कुनै विषको नकारात्मक असर पर्न नपाओस् र कसैप्रति अनाहकमा विद्वेष नजागोस् र त्यस्ताको नाम सम्झन पनि नपरोस् भनेर मात्र हो । त्यस्ता अरू कुनै रिस वा द्वेषका कारणले हैन ।

परार मैले फेसबुक स्टेटसमा लेखेको थिए । नेपालका ९५ प्रतिशत उच्चपदस्त कर्मचारी र मन्त्रीहरू सोसल मिडियामा सक्रिय रहनु फजुल, हावादारी र समयको बर्बादी हो भनेर भाग्न खोज्छन् । केहीलाई सोसल मिडीया प्रविधि चलाउन पनि आउदैन । तर सबैको हात हातमा महंगा स्मार्टफोन भने हल्लिईरहेको देँखिन्छ । सरकार पनि सोसल मिडीयामैत्री छैन, सोसल मिडियामा सक्रिय हुदा यसले काममा प्रतिकूल असर पार्छ भन्ने भ्रमको तर्क गरिरहन्छ ।

तर बल्ल पोहर साल देखि सरकारले सरकारी निकायहरूलाई सोसल मिडिया प्रयोग अनिवार्य गर्न निर्दशिका जारी गर्यो। यसरी अबदेखि सबै सरकारी कार्यालयले अनिवार्य रूपमा सेवाग्राहीलाई सूचना प्रदान गर्न सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५’ स्वीकृत गरेपछि सो व्यवस्था लागू भएको हो । कार्यविधि स्वीकृत भएपछि सेवाग्राहीलाई सूचना दिन सबै कार्यालयले ‘ट्वीटर’, ‘फेसबुक’ र ‘भाइवर’ जस्ता सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने हुन्छ । सामाजिक सञ्जालबाट सरकारी कार्यालयका सूचना आदानप्रदान गर्न, जनगुनासो ग्रहण गर्न र आफ्ना कार्यालयका सूचना सार्वजनिक गर्न सजिलो हुने छ ।

यसरी मेरो सोसल मिडिया उपयोग गर्नुपर्छ भन्ने माग पूरा भयो, सोसल मिडिया प्रयोगमा सरकार पनि लाग्यो । सरकारका निकायहरू मन्त्रालय विभाग कार्यालयहरू सबैले सोसल मिडिया मार्फत सरकारी कामको सूचना गुनासो आदानप्रदान र समाधान हुनुपर्छ भन्ने मेरो आधा दशक देखिको दृढ धारणा, माग र विश्वास वर्तमान ओली सरकारले निर्देशिका जारी गरेर अनिवार्य गर्ने निर्देशनका साथ पूरा गरिदिएकोमा खुशी छु । यिनै ओली परारसम्म सोसल मिडियालाई होच्याउने ठूला नेता थिए। अन्ततः मेरो लगातारको अभियान प्रम ओलीले नै स्वीकारे। यस निम्ति प्रम ओलीप्रति मेरो हार्दिक धन्यबाद छ।

Advertisement

Advertisement

Advertisement