हिमालयन बैंकको छलाङः नाफा ९७ करोडले बढ्यो, सबै सूचक राम्रा

Advertisement

काठमाडौं । हिमालयन बैंकले नाफामा ऐतिहासिक छलाङ मारेको छ । बैंकले एक वर्षको अवधीमा ५१.८७ प्रतिशतले नाफा वृद्धि गरेको छ । २०७५ असार मसान्तमा १ अर्ब ८७ करोड नाफा कमाएको बैंकले २०७६ असार मसान्त आईपुग्दा २ अर्ब ८४ करोड पुर्याएको छ । जुन ५१.८७ प्रतिशत अर्थात ९७ करोडले बढी हो ।

बैंकले एक वर्षकै अवधीमा वितरणयोग्य नाफा पनि २ अर्ब २ करोड आर्जन गर्न सफल भएको छ । ८ अर्ब ५२ करोड चुक्ता पुँजी भएको बैंकले गत आर्थिक वर्षकै नाफाबाट सेयरधनीलाई २३.७० प्रतिशत लाभांश दिन सक्छ । बैंकको जगेडा कोषमा ५ अर्ब ३२ करोड रुपैंयाँ रहेको छ ।
हिमालयनले यो अवधीमा १ खर्ब ९ अर्ब निक्षेप संकलन गरेर ९२ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सीडी रेसियो पनि ७५.५९ प्रतिशत मात्रै छ ।

बैंकको आधार ब्याजदर ९.०५ प्रतिशत छ भने कस्ट अफ फण्ड ६.५५ प्रतिशत रहेको छ । बैंकको स्प्रेड दर ४.४७ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी ३३.४१ रुपैंयाँ छ भने १८८.७६ रुपैंयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement