पाटन दरवार संग्राहलयमा भदौ १३ गते अन्तर्राष्ट्रिय रनवे ‘डेब्यु २०१९’ फेसन शो हुँदै

Advertisement

काठमाडौं । पाटन दरवार संग्राहलयमा भदौ १३ गते अन्तर्राष्ट्रिय रनवे ‘डेब्यु २०१९’ फेसन शो आयोजना हुन लागेको छ । नेपालमै पश्चिमा तथा रेडिमेड पहिरन उत्पादन गरी देशभित्र तथा अन्य २१ मुलुकहरुमा निर्यात गर्दै आएको हाम्रो कम्पनीका सा प्रालि नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै उक्त फेसन शोको आयोजना गर्न लागेको हो ।

यस वृहद् फेसन शोमा नेपाललगायत अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका विभिन्न देशका मोडलहरुले सहभागिता जनाउने छन् । कार्यक्रममा मिस नेपाल २०१८ का बिजेताहरु (मिस नेपाल वल्र्ड २०१८ श्रृङखला खतिवडा, मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा, मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, मिस नेपाल इन्टरनेशनल २०१८ रोनाली अमात्यर मिस नेपाल सुप्रानेशनल २०१८ महिमा सिंह) पहिलो पटक एउटै र्याम्पमा सहभागिता जनाईरहेका छन् ।

त्यस्तै गरेर मिस नेपाल वल्र्ड २०१६ अस्मि श्रेष्ठ, मिस नेपाल वल्र्ड २०१७ निकिता चण्डकले समेत सहभागिता जनाउने छन् । एसियाज नेक्स्ट टप मोडल र किंगफिसर मोडल आस्थापोख्रेल, इन्डियाज नेक्स्ट टप मोडल सविता कार्की र मोडल सन्दिपा लिम्बुको समेत सहभागिता रहने उक्त कार्यक्रममा पहिलो नेपाली ट्रांसजेंडर मोडल अन्जली लामा पनि देखिनेछिन् ।

कार्यक्रममा अफिसियल केरियोग्राफरको रुपमा आस्था पोख्रेल तथा अफि सियल फेसन फोटोग्राफरको रुपमा मिलन लामाले भुमिका निर्बाह गर्नुहुने छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय स्तरबाट फिनल्याण्डकी मोडल तथा टेलिभिजन प्रस्तोता एनी कुकोहोभी, इण्डोनेशियाकी मोडल अल्फ्रिडा अलिफिया, मिस युनिभर्स जाम्बिया २०१८ मेल्बाइ मान्युलाका साथै मिस अर्थ इन्डिया २०१८ निशीभारद्धाज तथा मिस एसिया तथाभारतीयमोडल रेवती श्रेत्रीको सहभागिता रहने छ ।

विश्वकै ठूलो फेसन हाउस, अफिसिल फटोग्राफर मेनुयल स्क्रिमा फेसन सोमाविशेष अतिथि रहनेछन् । विश्व सम्पदा सुचिमा सुचिकृत पाटनको संग्राहलयभित्र यस प्रकारको अन्तर्राष्ट्रिय कार्यक्रमआयोजना गरी नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान पुर्याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।

Advertisement

Advertisement

Advertisement