मुक्तिनाथ विकास बैंकको निक्षेप संकलन ३७ अर्ब ९५ करोड

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आर्थिक वर्ष ०७५/०७६ सम्ममा ४६ अर्ब १३ करोड रुपियाँ निक्षेप संकलन र ३७ अर्ब ९५ करोड रुपियाँ कर्जा लगानी गरी सञ्चालन मुनाफा एक अर्ब २२ करोड गरेको छ । विकास बैंकको माझमा यस विकास बैंकको उत्साहजनक बृद्धि र उत्कृष्ठ प्रतिफल रहेको जनाएको छ ।

बैंकले निक्षेप तर्फ गत आर्थिक वर्षको तुलनामा ५२ प्रतिशत र कर्जा प्रवाहमा ५२ प्रतिशतले बृद्धि गरी सञ्चालन मुनाफा ३७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । बैंकको निष्कृय कर्जा अनुपात ०.०७ प्रतिशत कायम रहेको छ भने बैंकको प्रति सेयर आम्दानी रु २७.८४ रुपियाँ रहेको छ । बैंकले आफूलाई विकास बैंकको माझमा नियमित कारोबारबाट नै सञ्चालन मुनाफा एक अर्ब २२ करोड रुपियाँ गरी निक्षेप र कर्जा तर्फ पनि अग्रणी विकास बैंकको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।

गत वर्षहरुको उपलब्धिलाई निरन्तरता दिंदै आगामी वर्षहरुमा थप सेवा सुविधा बृद्धि गर्दै लैजाने बंैकले लक्ष्य लिएको छ । हाल बैंकले ११८ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग र साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको समेत बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement