कोका–कोला क्यापमा कार अफर

Advertisement

काठमाडौं । कोका–कोला नेपालले उपभोक्ताहरुलाई यस वर्षकै सबैभन्दा ठुलो प्रोमोस्नल क्यामपेन 'कोका–कोला क्यापमा कार अफर' ल्याएको छ । कोका–कोला ब्राण्ड सधैभरि उपभोक्ताहरुसँग अनुपम क्यामपेनको माध्यमबाट जोडिदै आइरहेको छ । यस पटक कोका–कोलाले उपभोक्ताहरुलाई टाटा टियागो गाडी, र हरेक घण्टा एलजी एलईडी टिभी जित्ने मौका दिदैँ आफ्नो सवारी अप्ग्रेड गर्ने अवसर प्रदान गर्दै आएको जनाएको छ ।

प्रोमोस्नल क्यामपेन अन्तर्गत उपभोक्ताहरुले ५०० एमएल, १.१५ लिटर र २.२५ लिटरको कोका–कोला, स्प्राईट र फ्यान्टा किनेर यसको मज्जा लिनुका साथै लक्की ड्र का लागि कन्टेस्टमा सहभागी हुन सक्नेछन् । लक्की ड्र हरेक दिन आयोजना गरिनेछ र उपभोक्ताहरुले हरेक घण्टा एलजी एलईडी टिभी र बम्पर उपहारमा टाटा टियागो गाडी जित्न सक्नेछन् ।

यस क्यामपेनमा सहभागी हुन उपभोक्ताहरुले बिर्को मुनि रहेको ८ अंकको यूनिक कोड टाइप गरेर ३६७६८ मा एसएमएस गर्नुपर्ने हुन्छ । उक्त म्यासेज भेरिफाई गरेर प्रत्येक घण्टा आयोजना गरिने लक्की ड्र का लागि पठाइनेछ र त्यसपश्चात मात्र बम्पर लक्की ड्र का लागि पठाइनेछ । उपभोक्ताहरुलाई वैध पुष्टिकरण पठाइनेछ र विजेताहरुलाई पनि छिट्टै सूचित गरिनेछ । उपभोक्ताहरुले पुरस्कार दावी गर्न कोड प्रिन्ट भएको बोतलको बिर्को पनि राख्नुपर्नेछ ।

यस योजना ३१ अगष्ट २०१९ सम्म मात्र मान्य हुनेछ । नियम र शर्तहरुको विवरण राष्ट्रिय दैनिक पत्रिका र कोका–कोला नेपालको आधिकारिक फेसबुक पेज धधध।ाबअभदययप।अयmरअयअबअयबिलउ िमा गएर हेर्न सकिनेछ ।

Advertisement

Advertisement

Advertisement