अर्थमन्त्रीको चेतावनी– ६० हजारलाई पाँच लाखको दरले ऋण देउ, होइन भने...

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले सहुलियतपूर्ण कर्जालाई सामाजिक उत्तरदायित्वको रुपमा लिन बैंक वित्तीय संस्थालाई आग्रह गरेका छन् ।

युवा परिपद्ले आयोजना गरेको कार्यक्रममा युवा उद्यमी सम्मेलनमा उनले भने, ‘बैंकको साथीलाई मेरो अनुरोध छ कि तपाईंहरुको केही सामाजिक उत्तरदायित्व हुन्छन, त्यसो हुनाले सहुुलियतपूर्ण कर्जा कार्यक्रमलाई सामाजिक उत्तरदायित्वको रुपमा लिनुभनेको छु । नैतिक दबाबले नपुुगे अरु दबाब पनि छन् । त्यो अपनाउन नपरोस । सरकार हस्तक्षेप गर्न चाहँदैन ।’

खतिवडाले बैंकहरुलाई स्वतन्त्ररुपमा चल्न दिँदै गर्दा पनि सम्झाउनुु नै पर्ने रहेछ भन्दै भने, ‘बैंक वित्तीय संस्थाले एक प्रतिशत मात्रै सहुुलियतपूूर्ण कर्जा प्रवाह गर्न भनेको हो । ३० खर्बको एक प्रतिशत भनेको ३० अर्ब हुन्छ । त्यो ३० अर्ब ५ लाखको दरले बाँडे ६० हजार जनाले कर्जाको लाभ लिन सक्छन् ।’

उनले आफूलाई ६० हजार जनाको लिस्ट चाहिएको बताउँदै त्यसको आफूले अनुगमन गर्ने बताए । त्यसरी कर्जा प्रवाह गर्नेलाई उत्प्रेरित गरिने र प्रवाह नगर्नेलाई राज्यले आफ्नो भूमिका निर्वाह गर्ने चेतावनी दिए । सेवा क्षेत्रमा हामी इनोभेटिभ भएर अघि बढन सक्छौं ।

उद्यमशीलताको इको सिस्टमभित्र आउने विषयमा चाहे व्यक्ति हुन, चाहे परिवार हुन, चाहे ती संगठित संस्था नै किन नहुन, उद्यमशीलता विकासमा तिनीहरुको भूमिका कति प्रवल हुन्छ भन्ने विषय बुझन जरुरी छ भन्दै उनले नेपाली समाजको सरचनाले सामाजिक परिपाटीले ल्याएका पेशागत कतिपय विभाजनको कारण उद्यमशीलतामा अलिकति कठिन भएको छ की ? भन्ने तर्क गरिनु स्वभाविक भएको बताए ।

खतिवडाले शिक्षा प्रणालीले नेपालमा डिग्री मात्रै उत्पादन गर्ने काम गरेको बताए । उनले एक पटक सिकेको सीप सधैको लागि प्रयाप्त हुन्छ भन्ने कुरा होइन भन्दै उनले थपे, ‘अहिलेको कुरा भनेको लाइफटाइम लर्निङ हो । इनोभेसन हो । त्यो भनेको लाइफ स्किल हो । यी सबै कुरा छलफलमा आउँछन होला ।’

खतिवडाले आफूहरुले शिक्षा प्रणालीको ट्रान्सफरमेसन गर्न लागेको बताउँदै अहिलेको मुलधारको शिक्षा भनेको साधारण शिक्षा नै भएको र साधारण शिक्षा केही हदसम्म व्यवसायिक शिक्षामा जाँदैछ भने । अब वैज्ञानिक र प्राविधिक धारको शिक्षालाई विकास गरेर लानुपर्ने उनले बताए ।

शिक्षा सँगसँगै सीपको विकास गर्न आवश्यक रहेको खतिवडाले बताए । एउटा व्यवसाय गर्न सक्ने सीपको लागि इन्ट्रनसीपको माध्यमबाट नै भए पनि उद्यमी बनाउने वातावरण बनाउन आवश्यक रहेको उनको भनाई छ । खतिवडाले भने, ‘शिक्षाको पाठयक्रम परिवर्तनदेखि विद्यालयको भौतिक संरचना परिवर्तनसम्म तथा शिक्षाको दरबन्दी मिलान, शिक्षा ऐन, विज्ञान प्रविधिमा नयाँ ऐन ल्याउनेदेखि विद्यार्थीलाई पढ्दा नै कुनै औद्योगिक प्रतिष्ठानमा सिकाउन लैजाने व्यवस्था गर्नु पर्छ । प्रतिष्ठानमा नभएको खण्डमा उद्योगमा भए पनि लैजानु पर्छ । पढेको कुरालाई व्यवहारमा उतार्न जरुरी छ ।’

मन्त्री खतिवडाले कुनै पनि रुपान्तरणको पहिलो शर्त भनेको विज्ञान प्रविधि नै हो भन्दै यसको संरचनागत परिवर्तन आवश्यक रहेको बताए । शिक्षासँग अनुसन्धान पनि आवश्यक पर्छ भन्दै उनले भने, ‘हाम्रोमा लगानी कम छ । त्यति मात्रै हैन, उत्प्रेरणाको पनि कमी छ । अहिले हामीले गर्न खोजेको उच्च शिक्षामा जाँदा बढी बैज्ञानिक विकासको कुरामा ध्यान दिन सकुन् भनेर बजेट विनियोजन गर्दा नै उच्च शिक्षामा जोड दिइएको छ । प्राध्यापकलाई पठन पाठनको विकल्पको रुपमा अनुसन्धानमा लगाउने नीति रहेको छ ।’

खतिवडाले अहिलेका अनुदान प्रभावकारीरुपमा कार्यावयन नभएको स्वीकार गर्दै तर पनि बाध्यकारी निर्णय गर्न र लक्षित वर्गमा पुर्याउन नसकिएको बताए । उनले भने, ‘अबको हाम्रो प्रयास भनेको युवा तथा महिलालाई आकर्षिक गरेर उद्यमको विकास गर्ने नै हो । यसबाट कृषि क्षेत्रको वरिपरी अत्यन्तै धेरै उद्यमशिलताको अवसर सिर्जना हुने छ । नेपालमा दुई तिहाई साना तथा मझौला उद्योग रहेका छन् ।’

मन्त्री खतिवडाले नेपालमा भएका मध्ये आधा उद्योग अनौपचारिक क्षेत्रमा छन् भन्दै धेरै उद्यमी अनौपचारिक हुँदा उनीहरुले राज्यमा गरेको योगदानको थाहा पनि हुन नसकेको बताए । उनले भने, ‘तपाईंलाई सहयोग गर्न राज्यले चिन्दा पनि चिन्दैन । आम्दानी गरेको भए कर लिएर राज्यले नयाँ व्यवसाय गरौं भन्न पनि सक्दैन । अहिले हामीले अनौपचारिकलाई औपचारिक गर्ने काम गरेका छौं ।’

एक पटकको लागि मैले के व्यवस्था गरेको छु भने यदि तपाईले झुुक्किएर नजानेर कुनै किसिमले अनौपचारिक व्यवसाय गर्नु भएको छ भने कर प्रणालीमा दर्ता भएर, सम्बन्धित निकायबाट स्वीकृत लिनु भएको छैन भने अब औपचारिक हुनको लागि मौका रहेको छ भन्दै खतिवडाले त्यसको फाइदा उठाउन सल्लाह दिए । उनले भने, ‘यो अवसरको सदुुपयोग गर्नु होला । प्रणाली नबुुझेर गरेको असल मनसायले गरेको काम रहेछ भनेर राज्यले हेर्छ ।’

मन्त्री खतिवडाले २–५ लाखको अभावमा व्यवसाय गर्न सकिएको छैन, राम्रो बिजनेश आउनेवाला छ भने त्यसलाई सरकारले सहयोग गर्छ भन्दै भने, ‘गत वर्षको बजेटमा च्यालेन्ज फण्ड आयो, कार्यान्वयन गर्न सकिएन । यो वर्ष कार्यविधि बनेको छ । त्यसलाई मन्त्रिपरिषद्बाट पास गरेर अर्को महिनाबाट हामी कार्यान्वयनमा ल्याँउदै छौं । त्यो फण्ड भनेको तपाईलाई सरकारले थोरै पैसा दिएको खण्डमा राम्रो काम गर्न सक्नुहुन्छ भनेर सिड मनी दिने हो ।’

प्रतिस्पर्धा गरेर जाने हो भने यो रकम प्रदान गर्न सकिने भन्दै खतिवडाले इनोभेटिभलाई सिड मनी दिन सकिने बताए । कार्यकारी पुँजीमा अनुदानको विषयमा थप छलफल गर्ने उनले बताए । खतिवडाले यसमा बैंकले गर्ने काममा आनाकानी र सुस्त भएको भन्दै भने, ‘चाहे त्यो स्वरोजगार कर्जा होस्, चाहे शैक्षिक कर्जा नै किन नहोस् वा धितोकर्ता, महिला उद्यमी, भूकम्प नै किन नहोस कृषिबाहेक अरुमा खासै छैन् । अबको प्रयास ५ प्रतिशतभन्दा कम व्याज तिरेर तपाईंले त्यो पैसा पाउनुपर्छ । तपाईंलाई सिड पुँजी सुहुलियत ब्याजमा पाइन्छ । यसले व्यवसाय अघि बढाउन सहयोग पुुग्छ ।’

सहकारीको विकासमा जोड दिँदै मन्त्री खतिवडाले सामाजिक काम गर्ने यस्ता संस्थाबाट मुनाफाको न्यायिक वितरण हुने् बताए । सहकारी मोडलको उद्यमलाई प्राथमिकतामा राखिएको उनले बताए । खतिवडाले भने, ‘२५ देखि ५० प्रतिशत अनुुदानको कुरा छ । तपाईहरु मिलेर सहकारीको मोडलमा आउने हो भने सहुुलियत बढछ । यसले पुँजी निर्माण हुन्छ । राज्यले पनि तपाईलाई सम्मान गर्छ ।’

स्थायी लेखा नम्बर लिएर व्यवसाय गर्ने र नलिई गर्नेको बीचमा प्रतिस्पर्धा हुँदैन भन्दै फियर बिजनेश गर्नेलाई अनफेरले समस्या नहोस् भन्ने अपेक्षा आफ्नो रहेको खतिवडाले बताए ।

Advertisement

Advertisement

Advertisement