एनएमबी बैंकको नाफा २३१ करोड, सेयर धनीलाई १ अर्ब २७ करोडको लाभांश

Advertisement

काठमाडौं । एनएमबी बैंकले २ अर्ब ३१ करोड नाफा आर्जन गरेको छ । बैंकले २०७६ असार मसान्त अवधीमा आफ्नो नाफा ४६ करोडले वृद्धि गरेर २ अर्ब ३१ करोड पुर्याएको हो ।

२०७५ असार मसान्तमा बैंकको नाफा १ अर्ब ८५ करोड रुपैंयाँ मात्रै थियो । अर्थात बैंकले एक वर्षको अवधीमा २४.८६ प्रतिशनले नाफा वृद्धि गरेको हो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब २७ करोड रुपैंयाँ रहेको छ ।

९ अर्ब ६१ करोड रुपैंया चुक्ता पुँजी भएको बैंकले गत आर्थिक वर्षको नाफाबाट १३.२१ प्रतिशत लाभांश वितरण गर्न सक्छ । एनएमबीको जगेडा कोषमा ३ अर्ब ५३ करोड रुपैंयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षमा ९७ अर्ब निक्षेप संकलन गरेर ८८ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सीडी रेसियो ७६.८८ प्रतिशत छ ।

बैंकको आधार ब्याजदर ९.८६ प्रतिशत छ भने कस्ट अफ फण्ड ७.२६ प्रतिशत छ । बैंकको स्प्रेड दर भने ४.२६ प्रतिशत मात्रै छ । एनएमबीको प्रति सेयर आम्दानी २४.०९ रुपैंया छ । बैंकको प्रति सेयर नेटवर्थ भने १८१.४९ रुपैंयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement