कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खत्री पक्राउ पछि पदमुक्त

Advertisement

सुर्खेत । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् । कर्णाली प्रदेश सरकारले बिहीबार उनलाई पदमुक्त गरेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको उनका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए । मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनलाई पदमुक्त गरिएको हो । रिक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाही आफैले सम्हाल्ने बुढाथोकीले जानकारी दिए ।

उच्च अदालत पाटनले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई पक्राउ गर्न सोमबार आदेश दिएको थियो । उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले पक्राउ गर्न आदेश जारी गरेको थियो ।

Advertisement

Advertisement

Advertisement