२७ बाणिज्य बैंकको नाफा १२ अर्ब ४० करोडले वृद्धि (सूचिसहित)

Advertisement

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ मा २७ वटा बाणिज्य बैंकहरुको नाफा १२ अर्ब ४० करोड रुपैंयाँले वृद्धि भएको छ । २०७५ असार मसान्त अवधीमा ५२ अर्ब १० करोड रुपैंयाँ नाफा गरेका बैंकहरुले २०७६ असार मसान्त अवधीमा ६४ अर्ब ५० करोेड पुर्याएका हुन् । बैंकहरुको नाफा २३ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

गत आर्थिक वर्षमा सबै भन्दा धेरै नाफा कमाउने बैंकहरुको सूचिमा सरकारी बैंकहरु नै परेका छन् । राष्ट्रिय बाणिज्य बैंकले ५ अर्ब ३२ करोड नाफा आर्जन गरेको छ भने कृषि विकास बैंकले दोश्रो नम्बरमा रहँदै ४ अर्ब ३५ करोड नाफा आर्जन गर्न सफल भएको छ ।

४ अर्ब २९ करोड नाफा कमाएर नविल बैंक तेश्रो नम्बरमा परेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंक ३ अर्ब ४१ करोड रुपैंयाँसहित चौथो स्थानमा छ । यो बैंक भने नाफा बढाउन असफल भएको देखिन्छ । गत आर्थिक वर्षमा बैंकको नाफा ३ अर्ब ६१ करोड थियो ।

३ अर्ब ५ करोेड नाफा आर्जन गरेको एनआईसी एसिया बैंक पाँचौं नम्बरमा परेको छ । गत आर्थिक वर्षमा नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बैंक मात्रै आफ्नो नाफा वृद्धि गर्न असफल भएको देखिन्छ ।

Advertisement

Advertisement

Advertisement