भारतीय राजदूतावासले मनायो स्वतन्त्रता दिवस

Advertisement

काठमाडौं । स्थित भारतीय राजदूतावासमा भारतको ७३ औं स्वतन्त्रता दिवस मनाइएको छ । दिवसको शुभारम्भ नेपालका लागि भारतका राजदूत मंजिव सिंह पुरीले भारतको राष्ट्रिय ध्वजा झण्डोत्तोलन गरेसँगै भएको थियो ।

त्यसपश्चात राजदूत पुरीले भारतका राष्ट्रपतिकोे सन्देश पढेर सुनाउँदै भारतले गएको ७२ वर्षमा विविध क्षेत्रहरुमा प्राप्त गरेको उपलब्धीहरुबारे उल्लेख गरे । राजदूतद्वारा ३ वीर नारी ५ एकल महिला, ६ मृत सैनिकका निकटतम नातेदारलाई नेरु ५.३१ करोड नगद तथा कम्मल वितरण गरी सम्मान पनि गरिएको उक्त समारोहमा राजदूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक उपहार स्वरुपप्रदान गरिएको थियो ।

राजदूतावासले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ । यसले भारत सरकारको नेपालको सामाजिक–सांस्कृतिक विकास तर्फको यात्रामा नेपालसँग साझेदारी गर्ने प्रतिबद्धतालाई प्रमाणित गरेको दूतावासले जनाएको छ ।

भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई हालसम्म ७५२ ओटा एम्बुलेन्स र १४८ ओटा बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement