नेकपामा विभागिय जिम्मेवारी टुंगियो, विदेश विभागमा माधव नेपाल

Advertisement

काठमाडौं । सत्तासिन नेकपाले विभागिय जिम्मेवारी टुंगो लगाएको छ । बालुवाटारमा शुक्रबार बसेको बैठकले ३३ वटै विभागहरुको जिम्मेवारी टुंगो लगाएको हो । पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता माधव नेपालले विदेश विभागको जिम्मेवारी पाएका छन् ।

अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनालले नीति तथा प्रतिष्ठानको जिम्मेवारी पाएका छन् । बामदेव गौतमले संगठन विभागको नेतृत्व पाउँदा नारायणकाजी श्रेष्ठलाई प्रचारको कमाण्ड हात लागेको छ ।

स्कुल विभागको जिम्मेवारी भने रक्षामन्त्री समेत रहेका इश्वर पोखरेलले पाएका छन् । अर्थ विभागको जिम्मेवारी भने पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पाएका छन् ।

Advertisement

Advertisement

Advertisement