रबि लामिछानेलाई ५ दिन जेलमै राख्न अदालतको आदेश

Advertisement

काठमाडौं । सञ्चार कर्मी रबि लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यायल चितवनले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पाँच दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएपछि लामिछाने लगायतलाई बिहिबार पक्राउ गरेको थियो ।

सुरुमा अस्मिता कार्कीलाई पक्राउ गरेको प्रहरीले साँझ न्युज२४ टेलिभिजनको कार्यालयबाटै लामिछाने र कँडेललाई पक्राउ गरि राति नै चितवन लगेको थियो । पत्रकार पुडासैनीले लामिछाने, कँडेल र कार्कीका कारण आफुले आत्म हत्या गरेको भिडियो रेकर्ड गराएका थिए ।

Advertisement

Advertisement

Advertisement