महासंघको रिक्त कोषाध्यक्ष पदमा निरक केसी चयन

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा रिक्त कोषाध्यक्ष पदमा महासंघको वर्तमान कार्यकारिणी समितिका सदस्य निरक केसीलाई चयन गरिएको छ ।

ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा कार्यकारिणी समितिले केसीलाई निर्विरोध निर्वाचित गरेको हो । सरकारी अनुदानमा महासंघले सञ्चालन गर्दै आएको कृषि उद्यम कार्यक्रममा अनियमितता भएको कुरा उठाएसँगै प्रधानले राजीनामा दिएका थिए ।

महासंघको शुक्रबार कार्यकारिणी समितिको बैठक बसेको थियो । केसी कोषाध्यक्षमा चयन भएपनि महासंघकी अध्यक्ष भवानी राणाले उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइन् ।

Advertisement

Advertisement

Advertisement