सुप्रिम बचत तथा सहकारीले झण्डै पाँच करोड नाफा कमायो

Advertisement

काठमाडौं । ललितपुरको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको नवौं साधारणसभा शनिबार सम्पन्न भएको छ । गएको आर्थिक बर्षको मुनाफाबाट सेयर सदस्यहरुलाई मुनाफा वितरणको प्रस्तावसमेत पास गरेको संस्थाले गएको आर्थिक बर्षमा चार करोड ९४ लाख रुपियाँ कमाएको जनाएको छ ।

कुल पाँच करोड २६ लाख ५५ हजार सेयर पुँजी रहेको सुप्रिमले गएको आर्थिक बर्षमा २२ करोड २० लाख ५८ हजार निक्षेप संकलन तथा २० करोड ६९ लाख ४४ हजार कर्जा प्रवाह गरेको छ । संस्थाको विभिन्न कोषमा एक करोड २७ लाख ५० हजार रकम रहेको छ ।

संस्थाका अध्यक्ष शिवदीप लोहनीले संस्थाको भाखा नाघेको कर्जा शुन्य प्रतिशत रहेको दावी गरे । यस संस्थाको मुख्य कार्यालय महालक्ष्मीस्थानमा छ भने काठमाडौंको त्तिसपुतली र भक्तपुरको कौशलटारमा सदस्य सेवा केन्द्र रहेका छन् ।

Advertisement

Advertisement

Advertisement