होस्टल व्यवसायीलाई पनि चुनाव लाग्यो, पाठक समूहद्धारा उम्मेदवारी घोषणा

Advertisement

काठमाडौँ । नेपाल होस्टल एसोसिएसनको यही भदौ ७ गते हुने बार्षिक साधारणसभा तथा अधिवेशनका लागि भक्ति पाठक समूहले उम्मेदवारी घोषणा गरेको छ । आफ्नो प्रतिवद्धतापत्रसहित पाठक समूहले होस्टल व्यवसायको मर्यादा उच्च तहमा पुर्याउने दावी गरेको छ ।

देशभर सात सयभन्दा बढी होस्टलहरु सदस्य रहेको एसोसिएसनमा भदौ ७ गते दुई वटा समूहबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्षका उम्मेदवार पाठकले आफूले चुनाव जितेमा होस्टल एशोसिएशनको संस्थागत गरिमा र होस्टल व्यवसायको व्यवसायिक मर्यादा माथि पुर्याउने बताए । उनले आफूले प्रस्तुत गरेको प्रतिवद्धता दुई वर्ष भित्रमा पूरा गर्ने पनि बताए ।

पाठक समूहले प्रतिवद्धता पत्रमा होस्टलमा कामदारको आपूर्तिको व्यवस्था मिलाउनेदेखि व्यवसायीको बीमा, स्वास्थ्य उपचारसम्मका कुराहरु उल्लेख छन् । एशोसियशनका निवर्तमान अध्यक्ष सुवास कोइरालाले पाठक समूह होस्टल व्यवसायको सामाजिक इज्जत, प्रतिष्ठा र छविलाई स्थापित गर्न सक्षम रहेकोले आफूले पनि समर्थन गरेको बताए ।

एशोसियशनका निवर्तमान अध्यक्ष राजिव जोशीले पाठक पक्षमा संस्थापक अध्यक्षसहित अधिकांशको समर्थन रहेको दावी गरे ।

Advertisement

Advertisement

Advertisement