नेकपामा नयाँ ट्विष्टः भीम रावल, अष्टलक्ष्मी र युवराज ज्ञवाली सचिवालयमा

Advertisement

काठमाडौं । सत्तासिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा नयाँ ट्विष्ट सार्वजनिक भएको छ । बामदेव गौतम उपाध्यक्ष बनेसँगै तत्कालिन नेकपा(एमाले)का तीन जना उपाध्यक्ष पनि सचिवालयमा आउने भएका छन् । अघिल्लो सचिवालय बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले अष्टलक्ष्मी शाक्य, भिम रावल र युवराज ज्ञवालीलाई सचिवालयमा ल्याउनुपर्ने प्रस्ताव आधिकारीक रुपमा दर्ज गरेका हुन् ।

नेता नेपालले नेकपाको सचिवालयमा महिला सहभागीता नभएको, तत्कालिन एमालेको सबै भन्दा पुरानो,  प्रभावशाली नेतृ तथा दोश्रो कार्यकाल उपाध्यक्षमा निर्वाचित भएकाले अष्टलक्ष्मी शाक्यलाई पनि सचिवालयमा ल्याउनुपर्ने बताएका हुन् । एमालेमा सबै भन्दा धेरै मत ल्याएर उपाध्यक्ष जितेका भिम रावल र दोश्रो कार्यकाल पदाधिकारी निर्वाचित भएका युवराज ज्ञवालीलाई पनि सचिवालयमा ल्याउनुपर्ने उनको माग छ ।

‘एउटै महाधिवेशनबाट जितेका एक जना उपाध्यक्षले सचिवालयसहित किसान महासंघ, संगठन विभाग र उपाध्यक्षको जिम्मेवारी पाउने अरुले कुनै भूमिका नपाउने भन्ने कुरा न्यायोचित भएन, अष्टलक्ष्मी, युवराज ज्ञवाली र भिम रावललाई सचिवालयमा ल्याउनुपर्छ’, नेता नेपालले सचिवालय बैठकमा भनेका थिए ।

नेता नेपालको प्रस्ताव माथी आजै बस्ने भनिएको सचिवालय बैठकमा छलफल हुनेछ । हाल नेकपामा अध्यक्षद्धय केपी ओली र प्रचण्ड, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, राम बहादुर थापा र बिष्णु पौडेल सचिवलयमा छन् ।

Advertisement

Advertisement

Advertisement