सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आईतबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ७१ हजार ५०० रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज ५०० रुपियाँले घटेर प्रतितोला ७१ हजार रुपियाँ कायम भएको हो । महासंघले आज तेजाबी सुन प्रतितोला ७० हजार ७०० रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार आठ सय ७० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार छ सय पन्ध्ररुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८३० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७११ रुपियाँ ५० पैसा कायम गरेको छ ।

 

Advertisement

Advertisement

Advertisement