बाराका टोर्नाडो पीडितलाई दुई साताभित्रै पक्की घर

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बारा जिल्लाका टोर्नाडो आँधी पीडितहरुलाई दुई साताभित्र पक्की घर उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रतिनिधी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी २ साताभित्र टोर्नाडो आँधी पीडितलाई पक्की घर उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले हाल नेपाली सेनाले घर निर्माणको काम धमाधम गरिरहेको पनि जानकारी दिए ।

‘चक्रवाथ आँधी पीडितका लागि नेपाली सेनाले धमाधम घर निर्माण गरिरहेको छ, आगामी २ साताभित्र घर हस्तान्तण हुनेछ’, प्रधानमन्त्री ओलीले भने । उनले गत आर्थिक वर्षमा ४४२ वटा पुल निर्माण गरेको तर पनि बिरोधीहरुले नदेखेकाले अब ५ सय पुल निर्माण गर्ने घोषणा पनि गरे । ‘हामीले एक वर्षमा ४४२ वटा पुल निर्माण गरेछौं, त्यसले पनि पुगेन भनियो अब ५ सय वटा बनाउँला’, ओलीले भने ।

उनले सरकारले केहि गरेन भन्ने आरोप लागिरहँदा पनि ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएको पनि बताए । ‘सरकारले केहि गरेन भन्ने आरोप आयो, केहि नगर्दा पनि ७ प्रतिशतको आर्थिक वृद्धि भएछ, सरकारले केहि गर्यो भने अझै राम्रो हुनेछ’, प्रधानमन्त्री ओलीले भने ।

Advertisement

Advertisement

Advertisement