चक्रपथमा दुई साताभित्रमा विद्युतीय बस चढ्न पाइने

Advertisement

काठमाडौं । सुन्दर यातायात प्रालिले भदौको दोस्रो साताभित्रमा सात वटा विद्युतीय बस संचालनमा ल्याउने भएको छ । कम्पनीले यी बस काठमाडौंको चक्रपथमा संचालनमा ल्याउने भएको छ ।
कम्पनीले आइतबार आर्थिक पत्रकार संघ (नाफिज) र सुन्दर यातायातको सहकार्यमा आयोजित आर्थिक पत्रकार प्रशिक्षण कार्यक्रममा उक्त जानकारी दिएको हो ।

उक्त बसको मूल्य एक करोड ६२ लाख रुपियाँ पर्ने बताईएको छ । खरिद मूल्य महंगो पर्न गए पनि संचालन खर्च सस्तो पर्न जाने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । ‘विद्युत हामै्र देशमा उत्पादन हुन्छ, यो डिजेलजस्तो बाहिरबाट आयात गर्नु पर्दैन, स्वदेशी पैसा स्वदेशमै खपत हुन्छ’, थापाले भने । चक्रपथ गुड्ने गाडिले एकदिनमा सात टिप (राउन्ड) गर्छ । यसका लागि करिब ५४ सय रुपियाँको डिजेल प्रयोग हुन्छ । तर, विद्युतीय बसमा १५ सय रुपियाँको विद्युतले सात टिप गर्न सकिने थापाको दाबी छ ।

सुन्दरले संचालन गर्ने बसमा ४० जना यात्रु सिटमा बसेर यात्रा गर्न सक्छन् । उभिएर पनि यात्रा गर्न मिल्ने भएकाले एक पटकमा ७० जना यात्रुले यात्रा गर्न सक्छन् ।
कम्पनीले सफा अनी प्रदुषितरहित समाज तथा वातावरण सिर्जना गर्नको लागि उक्त विद्युतीय बस संचालनमा ल्याएको जनाएको छ । कम्पनीले उक्त गाडिमा विभिन्न किसीमका विशेषताहरुसहित नेपाली बजारमा भित्र्याउन लागेको छ ।

यस बसमा चढ्ने ग्राहकहरुले कार्डबाट पैसा तिर्ने सिस्टम रहेको छ । तर, तत्कालीन अवस्थामा सबै नागरिकसँग कार्ड नहुने तथा यसको बानी नपरेकाले समस्या आउन सक्ने भएकाले क्यास र कार्ड दुबै सिस्टम लागू गर्नेछ भने निकट भविष्यमा कार्डबाट पेमेन्ट गर्ने व्यवस्था गरिने कम्पनीले जनाएको छ । कार्डबाट पेमेन्ट गर्नेले २० देखि २५ प्रतिशतसम्म क्यास ब्याकको व्यवस्था रहेको छ । कम्पनीले कार्डको खरिद मूल्य २१५ रुपियाँ तोकेको छ र यात्रुले दुई सय ६५ रुपियाँ बराबरको यात्रा गर्न पाउनेछन् । यसको लागि पाँच प्रकारको कार्डको व्यवस्था छ ।

यस विद्युतीय बसमा यात्रुका सुरक्षाका लागि सात वटा सीसी टिभी जडान गरिएको छ । यी सिसी टिभीले यात्रुमाथि हुने र्दुव्वयवहार रोक्न सहयोग पुर्याउने कम्पनीको अपेक्षा छ । यस्तै, यात्रुको मनोरन्जनका लागि टिभी ,एफएम रेडियोको पनि व्यवस्था छ । गाडिको नाम पनि एलईडीमार्फत डिस्प्ले हुन्छ ।

उक्त विद्युतीय बस गोंगबु देखि सल्लाघारीसम्म तथा कलंकीदेखि काठमाडौं मेडिकल कलेज (अत्तरखेलसम्म) संचालन गर्ने जनाएइको छ । यसले शुरुवाती चरणमा उपत्यकामा मात्रै सेवा दिनेछ भने अन्य जील्लामा निकट भविष्यमा संचालन गर्ने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement